टिकापुर घटनाका वादी र प्रतिवादीलाई साक्षी पेश गर्न जिल्ला अदालतद्वारा आदेश

जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुद्दाको पहिलो पेशीमा वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेश गर्न साउन ३० गते आदेश जारी गरेको छ । घटनाको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा न्यायाधीश परशुराम भट्टराईको इजलासले दुवै पक्षको साक्षी अदालतमा पेश गर्न आदेश जारी गरेको हो । अदालतले…

August 16, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लम्की चुहा नपा-६ का २२ वर्षीय लक्ष्मण बोहरा र २५ वर्षीय मङ्गल गिरीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले साउन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले साउन २६ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी गरेपछि साउन…

August 15, 2018  
विद्यालयमा शारीरिक दण्ड दिने शिक्षिकालाई कारबाहीको माग

खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिकाभावना नाथले  साउन २९ गते निर्घात कुटपिट गरी घाइते बनाएको पीडित पक्षले जनाएको छ । कक्षा कोठामै विद्यार्थीलाई लाठीले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेको पीडित विद्यार्थीका बुवा विक्रमसिंह ढाँटले जानकारी दिए । 'विद्यालयबाट घर…

August 15, 2018  
अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता हुँदा परिचय–पत्र पाउनबाट वञ्चित

महिला तथा बालबालिका कार्यालय खारेजीसँगै अपाङ्गता परिचय–पत्र वितरणमा अन्यौलता सिर्जना हुँदा अपाङ्ग व्यक्तिहरू परिचय–पत्र पाउनबाट वञ्चित भएका छन् । परिचय–पत्र नहुँदा उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता, आक्षरण, समान प्रतिनिधित्वलगायतका सुविधा पाउन सक्दैनन् । महिला तथा बालबालिका कार्यालय खारेज भई सोको अधिकार स्थानीय तहमा स्थानान्तरण गरेपछि सो कार्यालयले परिचय–पत्र दिन…

August 14, 2018  
अनुदान रकममा कमिशन असुलेको भन्दै पीडित मुक्त हलियाद्वारा उजुरी दर्ता

नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि जग्गा किन्न २ लाख रुपियाँ घर निर्माण गर्न ३ लाख रुपियाँ र घर मर्मत गर्न १ लाख २५ हजार रुपियाँ उपलब्ध गराइरहेको छ । तर, त्यही रकममा हलियाका अगुवाले कमिसन असुलेको भन्दै पीडितहरूले साउन २७ गते जिल्ला प्रशासन कार्यालय, बैतडीमा उजुरी दिएका छन् ।…

August 14, 2018  
मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम साउन २८ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहका जनप्रधिनिधिहरूले कानुन…

August 14, 2018  
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव, सिटामोल समेत नपाइने गरेको बिरामीको गुनासो

दार्चुला जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरू र जिल्ला अस्पतालको फार्मेसीमासमेत औषधि अभाव भएको हो । स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि नहँुदा चेकजाँच गर्न आएका बरामीहरू रित्तैहात फर्किन बाध्य भएका छन् । शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकालगायत क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा…

August 11, 2018  
टिकापुर घटनाको पहिलो पेशी सर्‍यो, तीन वर्षदेखि अरोपितहरू पुर्पक्षमै

तीन वर्षदेखि टिकापुर घटनाका आरोपितविरूद्ध चलाइएको मुद्दाको साउन २४ गते तोकिएको पहिलो पेशी सारिएको छ । पेशी सारेपछि टिकापुका स्थानीयहरूले असन्तुष्टी जनाएका छन् । टिकापुर नपा–९ का स्थानीय टिकाराम चौधरीले तीन वर्ष पुरा हुनै लाग्दासम्म पनि सुनुवाइ नहुनु बिडम्वना भएको बताए । उनले दोषीलाई कारवाही र निदोर्ष व्यक्तिलाई स–सम्मान न्याय…

August 10, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-१९ फुलवारीका ४६ वर्षीय गणेशबहादुर मल्ललाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २१ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले साउन २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…

August 8, 2018  
बलात्कार पश्चात हत्या गरिएको घटनाको पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

कञ्चनपुर भीमदत्त नपा-२ की निर्मला पन्तको बलात्कार पश्चात हत्या गरिएको घटनाका सम्बन्धमा पछिल्लो जानकारी लिनका लागि पीडित परिवार र सरोकारवालाहरूसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर ७ का संयोजक खडकराज जोशी नेतृत्वको टोलीले साउन २२ गते भेटघाट गर्नुका साथै आर्थिक सहयोग गरेको छ । संयोजक जोशीले पीडित परिवारको निवासमा…

August 8, 2018