कर्मचारीलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

महुन्याल गाउँपालिका–५ निवासी सोही गाउँपालिका कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय तुलसरा सिञ्जालीलाई कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–५ का वडा अध्यक्ष ४१ वर्षीय छविलाल हौजालीमगरलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित सिञ्जालीले वडाध्यक्षले कुटपिट गरेको भन्दै कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, खुख्खडमा उजुरी दिएपछि…

November 13, 2019  
शिक्षक अभावले पढाइ प्रभावित, बाल अधिकार चेतना समूहद्वारा शिक्षकको माग

जिल्लाको पाटन नगरपालिकास्थित शिद्देश्वर माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहले शिक्षकको माग गरेका छन् । कक्षा १० सम्मको पढाइ हुने उक्त विद्यालयमा शिक्षक अभावले पढाइ प्रभावित भएको भन्दै सो समूहले शिक्षकको माग गरेको हो । कात्तिक २४ गते बसेको चेतना समूहको बैठकले यस्तो निर्णय गरेको चेतना समूहका अध्यक्ष विनोद महाराले…

November 13, 2019  
राष्ट्रियताको विषय आएको भन्दै डा. केसीद्वारा अनशन स्थगित

नौ दिनदेखि डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीले कात्तिक २६ गते अनसन स्थगित गरेको जनाएका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले नौ दिनदेखि जारी राखेको अनशन तोडेका हुन् । डा. केसीले चार वर्षकी बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन् । डा केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको…

November 12, 2019  
स्वास्थ्यचौकी नभएका कारण स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको भएपनि शिखर नगरपालिका–१० थाप्सा र लाम्बाटाका स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । गाउँमै स्वास्थ्यचौकी नहुँदा र नजिकैको स्वास्थ्यचौकी पुग्नलाई समेत सहजबाटो नभएका कारण उनीहरू…

November 12, 2019  
अनसनरत डाक्टर केसीलाई लिन आएको हेलिकप्टर त्यसै फर्कियो

डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भनी डडेल्धुरा अस्पतालका चिकित्सकले भनेपछि उनलाई काठमाडौँ लैजान आएको नेपली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ । डाक्टर केसीले डडेल्धुरा नछाड्ने अडान लिएका कारण र स्थानीयले डाक्टर केसीका माग पुरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो…

November 12, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई कात्तिक २१ गतेदेखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा धनगढी उपमहानरपालिका–१ का १९ वर्षीय सुमित गुप्तालाई प्रहरीले कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले कात्तिक २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए…

November 12, 2019  
१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा खाजाबाट वञ्चित भएका छन् । नियमित विद्यालय आउन प्रेरण पदान गर्ने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका लागि नेपाल सरकारले गाउँपालिका र नगरपालिकाको खातामा बजेट पठाए पनि उक्त बजेट विद्यालयमा…

November 12, 2019  
अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ । डा. केसीलाई काठमाडौँ लैजनाका लागि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेकमा ल्यान्ड समेत गरिसकेको छ…

November 11, 2019  
समूह गठनले मानव अधिकारमैत्री नगरको आशा जाग्योः सरोकारवाला

पाटन नगरपालिकास्थित सरोकारवालाहरूले मानव अधिकार समूह गठनले मानव अधिकारमैत्री नगरपालिकाको आशा जागेको बताएका छन् । कात्तिक २३ गते पाटन नगरपालिकामा इन्सेकद्वारा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागिहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले पाटन नगरपालिकालाई मानव अधिकारमैत्री नगरपालिका बनाउने आफ्नो चाहाना…

November 11, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलत्कार गरेको भन्दै पीडितका अभिवावकले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, झलारीका…

November 11, 2019