सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
दार्चुलामा यसवर्षपहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् । स्थानीय विकास अधिकारी सहदेव रायमाझी रकम निकासा नगरी जिल्ला छोडेपछि सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका हुन् । मन्त्रालयले दसैँमा समेत जिल्ला नछोड्न गरेको निर्देशनको अवज्ञा गर्दै स्थानीय विकास अधिकारी रायमाझी असोज १३…
दलित समुदायको अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकसमक्ष अनुरोध
मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् । बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले…
माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप
महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट…
टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह
छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ । वर्तमान सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर घटना राजनीतिक घटना भएको र टिकापुर घटनामा गिरफ्तारीमा परेका आरोपितहरूलाई रिहा…
पुल नहुँदा विद्यालय जान ताङ्लोको साहारा (फोटोसहित)
कालो पाइन्ट । निलो आकाशे सर्ट । विद्यालयको पोशाक हो यो । निकै चर्को घाममा पिठ्यूँमा झोला बोकर विद्यालयबाट घर फर्कँदै थिए । गर्मीले कमिज टाउकोमा बाँधेर नदी माथि लगाइएको तार छिचोल्ने तयारीमा छन् आधा दर्जन बालबालिका । उनीहरू मध्ये एक जनाले पिठ्यूँमा बोकेको झोला निकाल्दै थिए । नदीमाथिको फलामे…
मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड
नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, धनगढीले असोज १७ गते बैतडीमा गरेको अर्न्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् । मानव अधिकारसम्बन्धी कानुनमा सुधार ल्याउन सुझाव सङ्कलन…
आन्दोलन गरेको आरोपमा प्रहरीद्वारा कुटपिट गरेको आरोप
अत्तरिया नपा-१३ का ३२ वर्षीय लोकराज पाण्डेय, सोही नपा-४ का पदम ओझा र वडा नं ३ का बालकृष्ण ओझालाई वन हस्तान्तरणको विरोध गरेको आरोपमा प्रहरीले कुटपिट गरेको पीडितहरूले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय, कैलालीले अत्तरिया नपा-१३ स्थित मस्जिद मदरसा इदगाह मुस्लिम सामुदायिक वन मुस्लिम समुदायलाई हस्तान्तरण गरेको विरोधमा…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते धनगढी उमनपा-८ क्याम्पसरोडस्थित सडक छेउमा बलात्कार गर्दै गरेको अवस्थामा…
आठ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको क्षेत्रीय सम्मेलन सम्पन्न
मानव अधिकार रक्षकहरूको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्मेलन मानव अधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्ने, उनीहरूको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, मानव अधिकार रक्षकहरूको अधिकारसम्बन्धी ऐन बनाएर तत्काल लागु गर्न माग गर्नेलगायतका आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । अनौपचारिक…