यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, दोधारामा चैत २२ गते उजुरी दिएका थिए । पीडितका अविभावकले दिएको उजुरीका…

April 7, 2017  
लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर कृष्णानन्द भट्टले लागुपदार्थ नियन्त्रणका लागि युवा समूह र इन्सेकसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम…

April 6, 2017  
अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला

सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घट्ट छेउमा सिगास-१ मैतडीकी ३५ वर्षीया लालमती बोहराको हत्या भएको अवस्थामा शव फेला परेको देवर पठान बोहराले बताए । मृतक महिलाको टाउकोमा दाउरा र ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने…

April 2, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका गिरफ्तार गरिएको जिल्ला प्रहरी, कार्यालय कैलालीका…

March 31, 2017  
कुटपिट घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले समयसमय कुटपिट गर्ने गरेको र पछिल्लो पटक चैत १० गते निर्घात कुटपिट गरको भन्दै पीडितले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्…

March 28, 2017  
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते हत्या गरेका छन् । पत्नीको हत्या गरेलगत्तै करीले पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

March 25, 2017  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया एक महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले धादिङ झारलाङ-१ की ३७ वर्षीया डोमा तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत ७ गते शान्ति पुर्नस्थापना केन्द्रको सहयोगमा प्रहरीले गौरीफण्टा नाकाबाट उद्धार गरेको थियो । धनगढीबाट भारतको…

March 21, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१३ का १८ वर्षीय दिनेश नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

March 20, 2017  
तीन वर्षदेखि छात्रवृत्तिबाट वञ्चित

पञ्चदेवल विनायक नपा-४ कालिकास्थानमा अवस्थित ऋषिकुल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तीन वर्षदेखि छात्रवृत्ति रकम नपाएको पाइएको छ । विद्यार्थीहरूले लामो समयसम्म छात्रवृत्ति नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दीसहित विनायक बजारमा नाराबाजीसमेत गरेका छन् । विनायक बजारका रमेश रावतले विद्यार्थीहरूलाई छात्रवृत्ति नदिएको, विद्यालयमा कामसमेत गराएको लगायका आरोप लगाएका छन् । तर, विद्यालयका…

March 19, 2017  
आन्दोलनकारीले एमाले अभियानको स्वागतद्वार जलाए

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न लम्की-टिकापुर सडकखण्डमा पर्ने दुर्गौली बजार र पठरैया गाँउमा एमालेद्वारा बनाइएको स्वागतद्वार थरुहटका आन्दोलनकारीले चैत १ गते राति जलाएका छन् । जातीय एवम् सामाजिक सदभाव कायम गर्ने उद्धेश्यले सुरू गरिएको भनिएको एमालेको मेची महाकाली अभियानले जातिय द्वन्द्व ल्याउने, मुठभेड निम्त्याउने र सामाजिक सदभाव खल्बल्याउने…

March 15, 2017