जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यले सञ्चालित परियोजनाको परिचय कार्यक्रमका अवसरमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । उक्त कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयका वरिष्ठ अधिकृत सुशील चौधरीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा र इन्सेकका सुदूरपश्चिम क्षेत्रीय कार्यालयका संयोजक खड्काराज जोशीले परियोजनाको परिचय…
ग्रामीण भेगमा लुकेका घटना उजार गर्नुपर्नेमा सांसद ठगुन्नाको सुझाव
दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका ग्रामीण भेगमा अहिले पनि लुकेर रहेका घटनाहरूलाई समेत मानव अधिकार वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठीमा बोल्दै सांसद ठगुन्नाले यस्तो सुझाव दिएका हुन् । मानव अधिकारको क्षेत्र…
गत वर्ष छाउगोठ मुक्त घोषित गाउँको छाउपडी गोठमा एक बालिकाको मृत्यु
छाउगोठमुक्त घोषित गाज्रा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत अवस्थामा फेला परेकी छन् । पुस २ गते साँझ ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी पुस ३ गते बिहान ७ बजेसम्म नफर्किएपछि उनका बावुले ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा फेला पारेको बताएका छन् । झ्याल नभएको…
प्रहरीको सहयोगमा बालविवाह रोकियो
दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया बालिकालाई बैतडीको दशरथचन्द नपा-१ का २० वर्षीय युवकले भगाएर विवाह गर्न भनी ल्याएको बेला बालिकाका अविभावकले प्रहरीलाई खबर गरेपछि विवाह रोकिएको हो । बालिका भगाएको थाहा पाएपछि उनका अविभावकले प्रहरीलाई…
बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण
जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षणले यस्तो देखाएको हो । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नाप तौल गर्दा जिल्ला भरी कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका…
द्वन्द्वकालमा क्षति पुर्याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा
तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् । जिल्लामा रहेका ५६ ओटा गाविस र दुई नगरपालिकामध्ये १५ ओटा गविस भवन अझै सम्म पनि पुनर्निर्माण गरिएको छैन । तत्कालीन विद्रोही र सरकारबिच भएको सहमति…
जिल्ला स्वास्थ्य कार्यलयमा औषधिको चरम अभाव
जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य कायलय पुगिन । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७२ प्रकारका औषधि भित्र होईजालीका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि हो तर उनले बजार बाटै किन्नु परेको बताइन् ।…
शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित
जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । २०५० सालमा स्थापना भएको रौलेश्वर-८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजना शिक्षकको मात्रै दरबन्दी भएकाले यहाँका विद्यार्थीको पढाइ प्रभावित भएको हो । पहिले निजी श्रोतबाट शिक्षक भर्ना गरिएको भएपनि…
महिला अधिकारको अवस्था अझै कमजोर
दार्चुलामा यस वर्षपनि महिला मानव अधिकारको अवस्था कमजोर रहेको सार्वजनिक गरिएको छ । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रतिवेदन पेश गर्दै इन्सेक दार्चुलाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । महिला तथा बालबालिका कार्यालय दार्चुलाको आयोजनामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग
आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गरेको छ । [caption id="attachment_2466" align="alignleft" width="640"] U[/caption] गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर…