शिक्षकको विवादले विद्यार्थीको पढाइ प्रभावित
पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया शिक्षक भर्ना गरेको आरोपमा अख्तियारमा मुद्दा परेपछि सुरु भएको विवादले विद्यार्थीहरू मारमा परेका हुन् । अख्तियारमा मुद्दा परेपछि जिल्ला शिक्षा कार्यालयको पत्र अनुसार तीन जना अस्थायी शिक्षकलाई प्रधानाध्यापकले निकालेपछि बढेको…
दार्चुलाका ग्रामीण भेगमा औषधि अभाव
दार्चुलाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा सामान्य रोगका लागि आवश्यक औषधिसमेत अभाव भएको छ । जिल्ला अस्पताल दार्चुलाले दुई दिनअघि पत्रकार सम्मेलन गरी जिल्लाभरी औषधि पर्याप्त रहेको बताएको थियो । शङ्करपुर स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । शङ्करपुर स्वास्थ्य चौकीका इञ्चार्ज गुणराज ओझाका अनुसार अहिले प्रति व्यक्ति दुई ट्याब्लेट मात्रै दिएर पठाउने गरिएको…
'दलित र गैरदलितको मन्दिर अलगअलग'
खरकडा गाविसमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग छन् । मन्दिर नै अलग भएपछि पूजापाठ पनि दलित र गैरदलितले छुट्टाछुट्टै मन्दिरमा गर्ने गरेका छन् । खरकडा गाविस-९ झलातीमा रहेका दुई वटा मन्दिरमा दलित र गैरदलित छुट्टाछुट्टै पूजा गर्ने गरेका हुन् । उक्त वडाको कैलपाल मन्दिरमा दलितले मात्र पूजा…
कैलालीमा अझै २ लाख ५० हजार बढी नागरिक हात्तीपाइले औषधिबाट वञ्चित
सरकारले कैलालीमा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा २ लाख ५० हजार भन्दा बढी व्यक्ति यो औषधि खानबाट छुटेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण क्षेत्रमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि उपमहानगरपालिका र नगरपालिकाहरू भने प्रभावकारी बन्न नसकेको जनाएको…
महिनावारीका समयमा विद्यालय जान नहुने कुसंस्कारका कारण छात्राहरूको पढाइ प्रभावित
दार्चुलाको लेकम क्षेत्रमा छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाको कारण छात्राहरू महिनावारी भएको बेलामा विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् । घर परिवारको रुढिवादी सोच र चेतनाको अभावका कारण छात्राहरू विद्यालय जानबाट वञ्चित हुने गरेका हुन् । दार्चुलाको उकु, लाली, खरकडा,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार गरेको आरोपमा चन्दविरुद्ध माघ १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…
खाद्य अधिकार हनन् भएको प्रकोप पीडितको गुनासो
मेलौली-३ स्यालतडीका प्रकोप पीडित परिवारले आफ्नो खाद्य अधिकार हनन् भएको गुनासो गरेका छन् । पहिरोले सिञ्चाई कुलो भत्किएको वर्षौँ भइसक्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेका कारण आफूहरू खाद्य अधिकारबाट वञ्चित भएको उनीहरूको गुनासो छ । ०६४ भदौमा आएको पहिरोले सिञ्चाईका लागि प्रयोग हुँदै आएको ५ सय ५० मिटर लामो कुलो…
पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको हत्या पुस २४ गते राति हत्या गरी गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेको आरोपमा पीडित महिलाका माइती पक्षले प्रहरीमा पुस २७ गते मौखिक उजुरी…
नेतृत्व विकास तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा तीन दिने नेतृत्व विकास तालिम धनगढीमा पुस २८ गते सम्पन्न भएको छ । तालिममा चार जिल्लाका मानव अधिकार निगरानी समूहका ३५ जना प्रतिनिधिहरूको सहभागितामा रहेको थियो । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत कार्यक्रम सञ्चालित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य…