बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु
इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ९ गते देखि दिपायलमा सुरु गरिएको छ । तालिम सुरु गर्दै इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले समाजको तहमा सानासाना कुराहरूबाटै बाल अधिकारसम्बन्धी चेतना दिन सकिने बताए । तालिममा डडेल्धुरा…
कारागारका खरिदारलाई कारबाहीको माग गर्दै कैदी बन्दीद्वारा प्रशासनमा पत्राचार
जिल्ला कारागार शाखा डडेल्धुराका कैदी बन्दीले कारागार शाखाका खरिदारलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएका छन् । कैदी बन्दीहरूले कारागार शाखा डडेल्धुरामा कार्यरत खरिदार लक्ष्मी जोशीले विभिन्न विषयमा कारागारमा रहेका कैदी बन्दीहरूलाई दुःख दिने गरेको आरोप छ । इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका संयोजक…
अधिकारकर्मीको हत्या घटनाका आरोपित गिरफ्तार
कोटेली गाविस स्तरीय मानव अधिकार निगरानी सञ्जालका अध्यक्ष ३७ वर्षीय शेरबहादुर साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय भिमबहादुर भूललाई प्रहरीले फागुन ८ गते गिरफ्तार गरेको छ । खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात आरोपित भूलले फागुन ८ गते बिहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको…
प्रहरीले प्रहार गरेको गोली लागी एक घाइते
पथरैया गाविसस्थित भकरैयाका विरेन्द्र जैशी गस्तीमा गएको प्रहरीले गोली चालाउँदा फागुन १ गते राति घाइते भएका छन् । घाइते जैशीको कोखा नजिकैको भागमा गोली लागेकोले शल्यक्रियाका लागि फागुन १ गते राति नै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुन चन्द ठकुरीले बताए । गस्तीमा गएको प्रहरी टोलीले काठ तस्करहरूलाई गिरफ्तार…
भारी बोक्ने बालबालिका भन्छन्-'भोको पेटले कसरी विद्यालय जानु !'
कालो पाइन्ट । निलो र्सट । हँसिलो अनुहारभित्र निराशाको बादल मडारिइरहेको स्पष्टै देखिन्छ । गार्हो भयो भन्न सक्दैनन् । तर, हाउभाउले त्यसै भन्छ । झिसमिसे मै डेढ घण्टाको उकाली । उज्यालो भएपछि दुई घण्टाको ओरालीको यात्रा । आर्थिक जोहो गर्नुछ । कापी कलम किन्नु छ । भोको पेट भर्न दिनहुँ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय वेलौरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले ०७३ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस ९ गते इलाका प्रहरी कार्यालय, वेलौरीमा उजुरी दिएकी…
अज्ञात समूहद्वारा कलेजमा आगजनी
भीमदत्त नपा-४ महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा माघ २६ गते राति अज्ञात समूहले आगजनी गरेका छन । ०७३ माघ २६ गते राति ३ बजे आएका ४/५ जनाको अज्ञात समूहले कलेजका चौकीदार दिलबहादुर चौधरीलाई कोठामा थुनेर कलेजको लेखा शाखामा भएका कागजपत्र र सामानहरूमा आगो लगाएका थिए । आगलागीबाट लेखा शाखाका सम्पूर्ण…
कुपोषणबाट एक बालिकाको मृत्यू
कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ २४ गते मृत्यु भएको पीडितका आफन्त जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले…
बाजुरामा दलित आयोग विधेयकमाथि सुझाव सङ्कलन
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले तयार पारेको राष्ट्रिय दलित आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३ बारे बाजुरामा पुगेको एक टोलीले सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका संसदका ६ जना सांसदको सहभागिता रहकेा टोलीले माघ २५ गते सदरमुकाम मार्तडीमा स्थानीय स्तरमा कार्यरत राजनीतिक दल र अन्य सरोकारवालासँग सुझाव…
तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ वटा विद्यालयका बालबालिका सहभागी थिए । तालिममा बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, बाल अधिकार चेतना समूहको काम, कर्तव्य र…