अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०२९ सालमा स्थापना भएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पुरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा. गणेश…

August 19, 2016  
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब ३ बजेतिर बञ्चरो प्रहार गरी पत्नीको हत्या गरी कमलले घरभित्रै झुण्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर…

August 16, 2016  
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार शाखा, बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । वर्षयामको समयमा छानो चुहिने कारण क्षमताभन्दा बढी राखिएका कैदीबन्दीले थप कष्ट व्यहोर्नुपरेको हो । २५ जना क्षमता रहेको जिल्ला कारागार, बैतडीमा अहिले तीन जना थुनुवा र ४१ कैदी गरी जम्मा ४४ जना रहेका छन् । दुई ओटा…

August 10, 2016  
अवैध रूपमा विदेश जान लागेका तीनजना महिलाको उद्दार

कैलालीको गौरीफण्टा नाका हुँदै अवैध रूपमा विदेश जान लागेका तीन महिलाको साउन २५ गते धनगढी उपमनपा ̵ २ बाट उद्दार गरिएको छ । नाकामा चेकजाँच गर्ने क्रममा ती महिलाले आफूहरू दिल्ली जान लागेको बताएपछि उनीहरूलाई उद्दार गरिएको शान्ति पुनःस्थापना गृह कैलालीकी फिल्ड सुपरभाइजर कैलाशु रानाले बताइन् । उनीहरूले सुरूमा गौरीफण्टा…

August 10, 2016