द्वन्द्वकालमा क्षति पुर्‍याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा

तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्‍याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् । जिल्लामा रहेका ५६ ओटा गाविस र दुई नगरपालिकामध्ये १५ ओटा गविस भवन अझै सम्म पनि पुनर्निर्माण गरिएको छैन । तत्कालीन विद्रोही र सरकारबिच भएको सहमति…

December 12, 2016  
जिल्ला स्वास्थ्य कार्यलयमा औषधिको चरम अभाव

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य कायलय पुगिन । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७२ प्रकारका औषधि भित्र होईजालीका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि हो तर उनले बजार बाटै किन्नु परेको बताइन् ।…

December 12, 2016  
शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित

जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । २०५० सालमा स्थापना भएको रौलेश्वर-८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजना शिक्षकको मात्रै दरबन्दी भएकाले यहाँका विद्यार्थीको पढाइ प्रभावित भएको हो । पहिले निजी श्रोतबाट शिक्षक भर्ना गरिएको भएपनि…

December 11, 2016  
महिला अधिकारको अवस्था अझै कमजोर

दार्चुलामा यस वर्षपनि महिला मानव अधिकारको अवस्था कमजोर रहेको सार्वजनिक गरिएको छ । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रतिवेदन पेश गर्दै इन्सेक दार्चुलाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । महिला तथा बालबालिका कार्यालय दार्चुलाको आयोजनामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…

December 10, 2016  
अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गरेको छ । [caption id="attachment_2466" align="alignleft" width="640"] U[/caption] गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर…

December 9, 2016  
बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

सङ्घीय गठबन्धन तथा थरुहट /थारुवान सङ्घर्ष समिति कैलालीले सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वमा झापा, मोरङ्, सुनसरी बिनाको अपूरो संविधान संशोधनको विरोधमा मङ्सिर १७ गते पत्रकार सम्मेलनमार्फत विभिन्न आन्दोलन खाकाहरू सार्वजनिक गर्दै मङ्सिर २४ गते कैलाली र कञ्चनपुरमा आमहडतालको घोषणा गरेको थियो । इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय…

December 9, 2016  
नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरूको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्षपुस्तकको समीक्षा गरेको हो । ०७३ असार देखि हालसम्म जिल्लामा…

December 7, 2016  
मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउन माग गरेका छन् । जिल्लाको दुर्गम क्षेत्रका महिलाहरू हिंसामा पर्दा समेत न्यायिक निकायसम्म नआउने गरेका कारण अधिकारको बारेमा सबैलाई जानकारी गराउन उक्त माग गरिएको हो । राष्ट्रिय…

December 1, 2016  
किशोरी वृत्तको सक्रियताले बालविवाह रोकियो

सलेना गाविसमा मङ्सिर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्तका सदस्यहरूले रोकेका छन् । सलेनामा रहेको किशोरी वृत्त (समूह)ले मङ्सिर १३ गते बालविवाहको सूचना पाएपछि सोहि दिने जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला बाल क्लब सञ्जाललाई बालविवाह रोकिदिन अनुरोध गरेको वृत्तकी सचिव कुन्ती भट्टले जानकारी दिइन् ।…

November 30, 2016  
शिक्षकको मुद्दा छिनोफानो नहुँदा विद्यार्थीको पढाइ प्रभावित

प्रधानाध्यापकले किर्ते गरेर शिक्षाको नियुक्ति गरेको विषयमा आरोपप्रत्यारोपपछि मुद्दामामिलासमेत भएकाले गएको चैत महिनादेखि उदयदेवस्थित पीपलकोट उमाविमा अध्ययनरत सयौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । पीपलकोट उमाविका तत्कालीन प्रधानाध्यापक रमेशदत्त ओझाले विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको नाममा नक्कली हस्ताक्षर गरी रामसिंह महता र सुनिताकुमारी धामीलाई नियुक्त गरेको आरोप छ । मुद्दामामिलाका कारण…

November 28, 2016