पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मेलौली गाविस–१ की ३२ वर्षीया कमला नायकको हत्या गरेको आरोपमा ३५ वर्षीय पति विजय नायकलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज २१ गते झुण्डिएको अवस्थामा फेला परेपछि आत्माहत्या गरेको भनी प्रहरीलाई खबर गरेपनि कमलाका माइती पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
दलित समुदायको अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकसमक्ष अनुरोध
मल्लादेही गाविसका दलितहरूले उक्त क्षेत्रमा सिनो खान गैर दलितहरूले दबाब दिने गरेको भन्दै दलितहरूको मानव अधिकार अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई असोज २१ गते निवेदनमार्फत अनुरोध गरेका छन् । बडादसैँका अवसरमा उक्त क्षेत्रमा रहेको श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैर दलितहरूले…
टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनको आग्रह
छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई उन्मुक्ति नदिन भूतपूर्व प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ । वर्तमान सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुर घटना राजनीतिक घटना भएको र टिकापुर घटनामा गिरफ्तारीमा परेका आरोपितहरूलाई रिहा…
मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड
नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, धनगढीले असोज १७ गते बैतडीमा गरेको अर्न्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् । मानव अधिकारसम्बन्धी कानुनमा सुधार ल्याउन सुझाव सङ्कलन…
स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव
बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । गतसालको नाकाबन्दीदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहँदै आएको छ । सरकारले स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारका औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको भएपनि स्वास्थ्य संस्थाहरूमा…
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या
जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब ३ बजेतिर बञ्चरो प्रहार गरी पत्नीको हत्या गरी कमलले घरभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर…
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
जिल्ला कारागार शाखा, बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । वर्षयामको समयमा छानो चुहिने कारण क्षमताभन्दा बढी राखिएका कैदीबन्दीले थप कष्ट व्यहोर्नुपरेको हो । २५ जना क्षमता रहेको जिल्ला कारागार, बैतडीमा अहिले तीन जना थुनुवा र ४१ कैदी गरी जम्मा ४४ जना रहेका छन् । दुई ओटा…