बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वार्षीया बालिकालाई भदौ २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलाली जिल्ला गोदावरी नगरपालिका–२ का ३० वर्षीय बाशुदेव पन्तलाई भदौ २६ गते गिरफ्तार गरेको छ । आरोपित अर्जुनले बालिकालाई बलात्कार गरेको र अर्का आरोपित बाशुदेवले करणी गर्नमा सहयोग गरेको भन्दै पीडित पक्षले…

September 12, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेकोे आरोपमा प्रहरीले सिगास गाउँपालिकास्थित  विद्यालयका शिक्षक ३४ वर्षीय खडकसिंह बोहरा, २६ वर्षीय रामसिंह बोहरा र ३४ वर्षीय केशब बोहरालाई भदौ २२ गते गिरफ्तार गरेको छ । भागि विवाह गरेकी बालिकाको विवाह गरेको ६ महिनामै छोरी जन्मीएपछि परिवारका सदस्यले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो…

September 9, 2020  
स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट, आरोपित गिरफ्तार

सिगास गाउँपालिका–३ बल्लेखानस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब २५ वर्षीय भूपेन्द्र बोहरालाई भदौ २२ गते बाटोमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय भानसिंह बोहरालाई भदौ २३ गते गिरफ्तार गरेको छ । आफूमाथि कुटपिट गरिएको भन्दै पीडितले भदौ २२ गते गाजरी प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…

September 9, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई ०७७ भदौ १२ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ का ४५ वर्षीय केशब चन्दलाई भदौ १३ गते गिरफ्तार गरेको छ । स्थानीय व्यापारीसमेत रहेका चन्दले मादक पदार्थ सेवन गरी रातिको समयमा घर भित्र पसेर आफूमाथि बलात्कारको प्रयास गरेपछि चन्दविरुद्ध भदौ १३ गते इलाका प्रहरी कार्यालय,पाटनमा…

August 30, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपा निकट युवा सङ्गठनका केन्द्रीय सदस्य ३२ वर्षीय श्यामराज भट्टलाई असार २७ गते प्रहरीले पाटन नगरपालिका–८ हतासबाट गिरफ्तार गरेको छ । प्रतिबन्धित नेकपाका जिल्ला समितिका सदस्यसमेत रहेका भट्टलाई गोप्य सूचनाका आधारमा स्थानीय जङ्गलमा पाइप मर्मत गरिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर गौरशंकर जैसीले इन्सेक प्रतिनिधिलाई फोनबाट…

July 12, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–८ खेतकोटका २९ वर्षीय रमेश ऐरलाई असार २५ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ भदौ १४ गते उजुरी दिएपछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर गौरीसंकर जैशीले इन्सेक प्रतिनिधिसँगको भेटमा…

July 10, 2020  
स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पुरचौडी नगरपालिका–३ घर भई न्वादेउ स्वास्थ्य चौकी अन्तर्गत नाकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी २५ वर्षीया जानकी भट्टलाई साउन २५ गते साँझ हातपात तथा दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय विरेन्द्र कुँवर र २४ वर्षीय मोहन कुँवरलाई साउन २६ गते गिरफ्तार गरेको छ । पुरचौडी नगरपालिका–३ की ८०…

July 10, 2020  
सेवा सुचारू नहुँदा सेवाग्राही समस्यामा

सरकारले ०७७ असार १ गतेदेखि सरकारी कार्यालय खोल्न निर्देशन दिएको भएपनि पुचौँडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयले सेवा सुचारू नगर्दा त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । इलाका प्रशासन कार्यालय सञ्चालन नगरिदा सो कार्यालयले प्रदान गर्ने नागरिकता लगायतका अन्य सेवाबाट स्थानीय नागरिकहरू वन्चित हुँदै आएका छन् । असार १ गतेदेखि…

July 6, 2020  
समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गममा उपचार सम्भव नभएका सुत्केरी महिलाहरूको निःशुल्क हेलिकप्टरमार्फत उद्दार गर्ने गर्दछ । तर, बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी ३५ वर्षीया जैमती लुहारले भने सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा तीन दिनसम्म पनि उक्त सुविधा पाउन सक्नु भएन । असार १४ गते सुत्केरी हुन देहिमाण्डौँ स्वास्थ्य चौकीमा…

July 3, 2020  
वडा अध्यक्षमाथि कुटपिट, आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष ५० वर्षीय भरत महरालाई जेठ ६ गते सोही गाउँपालिका–३ का २७ वर्षीय राजित धामी, २६ वर्षीय कृष्ण जोशी, २२ वर्षीय हरिस साउद र २३ वर्षीय नविन जोशीले कुटपिट गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । लकडाउनको उल्लङ्घन गर्दै गाडी किन चलाएको भनेर वडा अध्यक्षले भन्दा…

May 20, 2020