सामाजिक सुरक्षा भत्ता वितरण हुँन नसक्दा सेवाग्राही समस्यामा
स्थानीय तहको निर्वाचन सम्पन्न भएर नगर तथा गाउँपालिकामा जनप्रतिनिधिहरू आएको १० महिना बितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत समाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले अन्तिम चौमासिक बित्नै लाग्दासमेत भत्ता नपाए पछि समस्यामा परेका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ सलेनाका २५ वर्षीय धनसिंह भाटलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोप छ । पीडित बालिकाका अविभावक घरमा नभएकाले चैत २२ गते मात्रै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…
जनप्रतिनिधि र कर्मचारीमाथि हातपात
शिवनाथ गाँउपालिका-४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै स्थानीयले फागुन ३० गते जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको कर्मचारीहरूको आरोप छ । केही स्थानीयहरूले स्वास्थ्यचौकी इञ्चार्ज, वडा अध्यक्ष र गाउँपालिकाका नायब सुब्बा माथि हातपात गरेको शिवनाथ गाँउपालिकाका नायव सुब्बा विरसिंह महताले बताए । गठन गरेको समिति नमान्ने भन्दै…
पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद
शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् । गैरदलित समुदायकी छात्रालाई दलित समुदायका युवकसँग भाग्न सहयोग गरेको भन्दै स्थानीयले शिक्षक करन राना र राजु रानालाई उनीहरू कार्यरत विद्यालयबाट निष्कासन गरेर गाँउबाट विस्थापित गरेका थिए ।…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
सुर्नयाँ गाँउपालिका-५ रौलेश्वरका २३ वर्षीय ललित बिष्ट र ठेगाना नखुलेकी २६ वर्षीया सिबा मगरलाई बहुविवहा गरेको आरोपमा प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको छ । गत मङ्सिर २४ गते विष्ट र मगरले विवाह गरेको भन्दै पीडित ललित विष्टकी २० वर्षीया जेठी पत्नी निर्मला कुवरले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा…
बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार
पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८ गते जिल्ला प्रहरी कार्यालयको एक टोलीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…
शिक्षकको घरमा आगजनी घटनाको फैसला
शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन रानाको घरमा आगजनी गर्ने घटनाको फागुन ७ गते फैसला भएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीस विष्णुप्रसाद गौतमको इजलासले आरोपित ६ जना (विस्थापित रानाले घरमा स्थानीय मणिलेक उमाविमा शिक्षण गर्दै आएका ४८ वर्षीय राजबहादुर चन्द, सोही विद्यालयमा शिक्षण गर्ने ४० वर्षीय चक्रबहादुर चन्द,…
पत्नीलाई कुटपीट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार
शिवनाथ गाँउपालिका-३ माहाकालीकी ४० वर्षीया नन्दादेवी साउदलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले ४० वर्षीय पति बिरसिंह साउदलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १ गते कुटपिट गर्दा उनको गर्भपतन भएको थियो । पीडित महिलाले भारतमा उपचार गरी नेपाल फर्केपछि फागुन ७ गते प्रहरीमा उजुरी…
बलात्कार गरी हत्या गरेको कसुरमा जन्म कैदसहित आठ वर्षथप कैद सजायको फैसला
मेलौली नपाकी १६ वर्षीया लक्ष्मी पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले फागुन ८ गते आरोपितहरूलाई जन्मकैद सहित आठ वर्षथप कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले पाटन नपा-१ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित आठ वर्षथप अर्थात २८ वर्षकैद…
भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा
पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्नेमा कर्मचारीहरूको लापारबाहीका कारण समाजिक सुरक्षा भत्ताको बजेट निकासासमेत हुन सकेको छैन । यो आर्थिक वर्षको दोस्रो चौमासिकको दोस्रो…