बलात्कार घटनाका आरोपित गिराफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नयाँ गाँउपालिका–६ शङ्करपुर खर्काधारका २३ वर्षीय प्रकाश अवस्थीलाई असार २१ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते बालिकाकी काकीको सहयोगमा अवस्थीले बिवाह गरी घर लगेर बलात्कार गरेको पीडित बालिकाको आरोप छ । पीडित बालिकाले विवाह गराउने काकीविरूद्ध २३ गते उजुरी दर्ता गराएकी…
बलात्कार तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार तथा ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएपछि फरार रहेका डिलाशैनी गाँउपालिका–३ रुद्रेश्वरका २१ वर्षीय सन्तोष धामी र डडेल्धुरा पर्शुराम नगरपालिका–९ का गमा बोहरालाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको छ । बालिकालाई गत जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी ल्याई बलात्कार गरेको गर्न सहयोग गरेको आरोपमा…
मानव अधिकार उल्लङ्घनका सबै घटनाहरू वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड
जिल्लास्थित सरोकारवालाहरूले मानव अधिकारसँग जोडिएका सबै घटनाहरूलाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड दिएका छन् । असार ८ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो कुरामा जोड दिएका हुन् । विषेशतः जिल्ला बार एसोसिएशनका उपाध्यक्ष हरिदत्त भट्ट, सरकारी वकील…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डिलाशैनि गाँउपालिका-३ रूद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी ल्याएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले धामीसहित उक्त घटनामा संलग्न अन्य चार जनाविरूद्ध पनि उजुरी दिएको…
इन्सेकको अनुगमनपछि कारागारमा आंशिक सुधार
०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको अवस्थाबारे इन्सेकले अनुगमन गरेपछि बन्दीगृहको अवस्थामा आंशिक सुधार भएको छ । गत वैसाख १९ गते इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेल, इन्सेक धनगढी कार्यालयका क्षेत्रीय संयोजक खडकराज जोशीलगायतको टोलीले जिल्ला कारागार बैतडीको बन्दीगृह र अन्य भौतिक अवस्थाबारे अनुगमन निरीक्षण गरेको थियो…
दलित सामुदायका व्यक्ति वन उपभोग गर्नबाट वञ्चित
सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको छ । साविकको बासुलिङ गाविस-१, २ र ३ का ३० घर परिवार दलितलाई वन उपभोग गर्न नदिएपछि गाईबस्तुका लागि घाँसपात र दाउरा ल्याउन नपाएको दलित समुदायको गुनासो छ । बैतडी…
कारागारको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा
०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको भवन जीर्ण हुँदा कैदीबन्दी समस्यामा परेका छन् । जिल्ला अदालत, प्रहरी र प्रशासन कार्यालयभन्दा करिब चार, पाँच किलोमिटरको दुरीमा रहेको जिल्ला कारागार अन्तर्गत कैदीबन्दी बस्ने भवन, सुरक्षाकर्मी र अन्य कर्मचारी बस्ने भवन समेत जीर्ण हुँदा समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिलकुमार तिवारीले…
अप्रत्यक्ष रूपमा महिला हिंसा र जातीय विभेद कायम छः सरोकारवाला
प्रत्यक्ष रूपमा नदेखिए पनि अप्रत्यक्ष रूपमा जिल्लामा महिला हिंसा र जातीय विभेद विद्यमान रहेको जिल्लास्थित सरोकारवालाहरूले बताएका छन् । जिल्लाको मानव अधिकार अवस्था अनुगमन गर्न बैतडी आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक मदन पौडेल, इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशीलगायतको मानव अधिकारकर्मीको टोलीसँगको अन्तरक्रियामा बैतडीका सरोकारवालाहरूले यस्तो बताएका हुन्…
बैतडीका ४२ वडामा सचिव नहुँदा सेवाग्राही समस्यामा
जिल्लाका स्थानीय तहमा रहेका ८४ वडामध्ये ४२ वटा वडामा वडा सचिव नहुँदा सेवाग्राही मारमा परेका छन् । सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ । 'हाम्रो गाउँपालिकाको ६ वडामध्ये एकमा पनि सचिव छैन । प्राविधिक सहायकहरूलाई सचिवको काम गर्ने गरी जिम्मेवारी तोकेका…
अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित
दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन् । उनीहरू अहिले सदरमुकाममा बस्दै आएका छन् । ०७३ वैशाख २० गते विवाह गरेका उनीहरूले यस भन्दा अगाडि अन्तरजातीय विवाहको…