हत्या आरोपमा पति र छोरा गिरफ्तार

गत असोज २८ गते मेलौली नगरपालिका–२ प्यानी स्थित सुर्नया नदीमा मृत (सडेको) अवस्थामा भेटिएकी ४५ वर्षीया सीता भट्टको हत्या गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ रौतगाउँका ६० वर्षीय रामदत्त भट्ट (सीताका पति) र उनका २० वर्षीय छोरा कृष्णदत्त भट्टलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । सीताका माइती पक्षले कात्तिक ७…

October 31, 2018  
हसिया प्रहार गरेको आरोपमा पति गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–४ बर्तोलाकी २७ वर्षीया ईन्द्रा चन्दलाई हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका २८ वर्षीय पति सुरेन्द्र चन्दलाई असोज २९ गते गिरफ्तार गरेको छ । पारिवारीक विवाद हुँदा पत्नीको कम्मरमा हसिया प्रहार गरी घाइते बनाएको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर कान्तिराज जोशीले बताए ।…

October 16, 2018  
सडेको अवस्थामा महिलाको शव फेला

मेलौली नगरपालिका–२ प्यानीस्थित झोलुङ्गे पुल नजिक सुर्नया नदीमा एक जना महिलाको शव फेला परेको छ । नदीमा दुई ढुङ्गाको बिचमा महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले बताए । स्थानीय माछा मार्ने व्यक्तिले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार…

October 14, 2018  
कार्यकक्षमै लेखापालमाथि दुर्व्यवहार, आरोपितलाई गिरफ्तार गरी कारवाही गर्न माग

सुर्नया गाउँपालिका कार्यालयका लेखा प्रमुख दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २४ वर्षीय भवानी भट्टमाथि स्थानीय भरतमोहन मडै र गणेश मडैलगायतले कार्यकक्षमै दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित भट्टलाई आरोपितहरूले असोज २६ गते दिउँसो १ बजे कार्यकक्ष भित्र प्रवेश गरी गाली गलौज गर्नुका साथै हातपात गरेपछि पीडित न्यायका लागि जिल्ला…

October 13, 2018  
बलात्कार गरी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई असोज १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले जोशीलाई हत्या अभियोगमा २० वर्ष र बलात्कार गरेको अभियोगमा थप आठ वर्ष गरी २८ वर्षको कैद…

October 5, 2018  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा जिल्ला अदालतले असोज १९ गते मेलौली नगरपालिका–२ का किशोरराम वडलाई आठ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । पीडित बालिकालाई आरोपितले गत जेठ ८ गते बलात्कार गरेको कसुरमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले वडलाई यस्तो फैसला सुनाएको हो । पीडित पक्षले…

October 5, 2018  
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदा बिरामी समस्यामा

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । समयमा नै औषधि खरिद प्रक्रिया सुरू गर्न नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए । उनले भने–‘स्थानीयस्तरमा पनि औषधि खरिद प्रक्रिया लामो छ । केन्द्र र जिल्लाबाट औषधि आउनै छाड्यो । स्वास्थ्य संस्थाबाट प्रदान गर्ने…

October 5, 2018  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई भारतको बैङ्गलोर लगी बेच्न खोजेको आरोपमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका-८ सिस्नेका ४५ वर्षीय गणेश विष्टलाई इलाका प्रहरी कार्यालय, पाटनले ०७५ असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई बेचबिखन गर्न खोजेको आरोप लागेका अन्य दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेन्द्रबहादुर सिंहले जानकारी दिए…

September 26, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–४ का २४ वर्षीय नन्दु जोशीलाई असोज २ गते गिरफ्तार गरेको छ । घटनाबारे थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता कान्तिराज जोशीले बताए । जबरजस्तीकरणी उद्योग गरेको ठहरेमा तीन वर्षसम्म जेल सजाय हुनुका साथै ३० हजार रुपियाँसम्म जरिबाना…

September 20, 2018  
अनुदान रकममा कमिशन असुलेको भन्दै पीडित मुक्त हलियाद्वारा उजुरी दर्ता

नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि जग्गा किन्न २ लाख रुपियाँ घर निर्माण गर्न ३ लाख रुपियाँ र घर मर्मत गर्न १ लाख २५ हजार रुपियाँ उपलब्ध गराइरहेको छ । तर, त्यही रकममा हलियाका अगुवाले कमिसन असुलेको भन्दै पीडितहरूले साउन २७ गते जिल्ला प्रशासन कार्यालय, बैतडीमा उजुरी दिएका छन् ।…

August 14, 2018