विद्यमान जातीय विभेद चिर्दै गाउँपालिकाको भान्सेमा दलित नियुक्त

सुदूरपश्चिमका जिल्लाहरूमा दलित समुदायका व्यक्तिबाट कार्यालयको भान्सेमा नियुक्त भएको सायदै होला । अझैसम्म पनि यहाँ कथित उपल्लो जातिका मानिसले कथित तल्लो (दलित) जातिका व्यक्तिले पकाएको खाना खाँदैनन् । यति सम्मकी होटलमा दलित समुदायका व्यक्तिसँगै बसेर खान मान्दैनन् । विभिन्न बाहानामा उनीहरूले दलित समुदायका व्यक्तिहरूसँग बसेर खाना खाँदैनन् । तर, यो…

November 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–५ बग्जेवलाका ५० वर्षीय सोबि चन्द र सोही ठाउँका ५० वर्षीय रामी चन्दलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा  अरोपितद्वयलाई गिरफ्तार गरी थप अनुसन्धान…

November 14, 2019  
बैतडीका दुई ओटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले जिल्लाको पुर्चौडी नगरपालिका–४ का महादेव मावि, शिवाओ र पहरौल मावि, बाग मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा विभाजन गरेको छ । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पुर्चौडी नगरपालिकाका विभिन्न ठाउँमा निर्वाचनलाई लक्षित गर्दै बम विस्फोट भएका कारण अति संवेदनशील भनी विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी…

November 14, 2019  
शिक्षक अभावले पढाइ प्रभावित, बाल अधिकार चेतना समूहद्वारा शिक्षकको माग

जिल्लाको पाटन नगरपालिकास्थित शिद्देश्वर माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहले शिक्षकको माग गरेका छन् । कक्षा १० सम्मको पढाइ हुने उक्त विद्यालयमा शिक्षक अभावले पढाइ प्रभावित भएको भन्दै सो समूहले शिक्षकको माग गरेको हो । कात्तिक २४ गते बसेको चेतना समूहको बैठकले यस्तो निर्णय गरेको चेतना समूहका अध्यक्ष विनोद महाराले…

November 13, 2019  
१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा खाजाबाट वञ्चित भएका छन् । नियमित विद्यालय आउन प्रेरण पदान गर्ने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका लागि नेपाल सरकारले गाउँपालिका र नगरपालिकाको खातामा बजेट पठाए पनि उक्त बजेट विद्यालयमा…

November 12, 2019  
समूह गठनले मानव अधिकारमैत्री नगरको आशा जाग्योः सरोकारवाला

पाटन नगरपालिकास्थित सरोकारवालाहरूले मानव अधिकार समूह गठनले मानव अधिकारमैत्री नगरपालिकाको आशा जागेको बताएका छन् । कात्तिक २३ गते पाटन नगरपालिकामा इन्सेकद्वारा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागिहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले पाटन नगरपालिकालाई मानव अधिकारमैत्री नगरपालिका बनाउने आफ्नो चाहाना…

November 11, 2019  
मौलिक हक कार्यान्वयन हुनेमा आशावादी छौँ: सरोकारवाला

जिल्ला स्थित सरोकारवालाहरूले इन्सेकद्वारा सञ्चालित परियोजनाले नेपालको संविधान भाग ३ ले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयनमा सहयोग हुने आशा व्यक्त गरेका छन् । कात्तिक २२ गते दशरथचन्द नगरपालिकामा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठनका सहभागिहरूले उक्त आशा व्यक्त गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह…

November 11, 2019  
शुद्ध खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि मेलौली नगरपालिका–७, पञ्चेश्वर गाउँपालिका–२ महाकाली नपा–४ विनायकका स्थानीयहरूले आफूहरू शुद्ध पिउने पानीबाट वञ्चित भएको गुनासो गरेका छन् ।   यी वडाका गाउँहरूमा खानेपानीको चरम अभाव हुँदा स्थानीयले समस्या भोग्नुपरेको…

November 7, 2019  
पाँच ओटा स्थानीय तह सचिवविहीन, ८४ वडा रहेको बैतडीमा ७२ वडामा सचिव छैनन्

जिल्लाका ८४ ओटा वडा कार्यालयमध्ये ७२ ओटा वडा कार्यालयमा सचिव नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका कुनै पनि  वडा कार्यालयमा सचिव छैनन् । सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेको गाउँपालिका अध्यक्ष बिरबहादुर विष्टले बताए । वडामा सचिव…

November 5, 2019  
हेलिकेप्टरद्वारा सुत्केरीको उद्दार

सुत्केरी महिलालाई डोको र काठमा बाँधेर बोक्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया धाना साउदलाई कात्तिक १२ गते नेपाली सेनाको हेलिकेप्टरमार्फत उद्दार गरिएको छ । उनलाई कोहलपुर मेडिकल कलेज लगिएको छ । कात्तिक १२ गते बिहान ९ बजेर ५० मिनेटमा प्रसूति सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव…

October 30, 2019