प्रहरीले हिरासतमा यातना दिएको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूको आरोप

इन्सेक र पत्रकारहरूको संयुक्त टोलीले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरासत अनुगमन गरेको छ । हिरासतमा राखिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूलाई प्रहरीले यातना दिएको सूचनाका आधारमा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा…

December 18, 2019  
सडक छेउमा डम्पिङ साइड निर्माण गरिएका कारण वातावरणीय प्रदुषण, प्लाष्टिकको धुवाँले क्यान्सरको खतरा

बडिमालिका नगरपालिकाले मार्तडी सडक खण्डको थुवाँखाद सडक छेउमै खुला ठाँउमा डम्पिङ साइड बनएपछि वातावरण दुर्गन्धित हुँदा आफूहरूलाई समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् । फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा स्थानीयले फोहोर मैला व्यवस्थापन गर्दा स्थानीयको सहमति र वातावरणमा असर नपर्ने गरी व्यस्थापन गर्नु पर्ने ऐनमा उल्लेख गरेको भए पनि…

December 2, 2019  
नागरिकता बनाउन नसक्दा सरकारी सेवासुविधाबाट वञ्चित

खप्तड छेडेदह गाँउपालिका–२ की ६० वर्षीया दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ । दुरपतिको पनि नागरिकता बनेको छैन । २५ वर्षीय छोरी मना सार्की र २० वर्षीय दृष्टिविहिन छोरा तेज सार्कीको पनि नागरिकता बनाउन नसकिएको दुरपतिले बताउनुभयो । नागरिकता नभएका कारण दुरपतिले बृद्ध भत्ता पाउनुभएको…

November 21, 2019  
प्रतिबन्धित नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्तालाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ । गौमुल गाउँपालिकामा चन्दा सङ्कलन सङ्गठन विस्तार गरिरहेको सूचनाका आधारमा कात्तिक २२ गते इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी उद्धबसिंह भाटले बताए । गौमुल…

November 9, 2019  
दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बाजुरा जिल्ला अस्पतालमा दक्ष स्वास्थ्यकर्मी नहुदा सुत्केरी महिलालाई समस्या भएको छ । बडिमालिका गाउँपालिका–७ की कल्धरी बिकलाई सुत्केरी व्यथा लागेर उनका आफन्तले जिल्ला अस्पताल बाजुरा ल्याए । सात महिनाकी गर्भवति महिलालाई एक्कासी उच्च रक्तश्राव भएपछि स्थानीय र जनप्रतिनिधिले जिल्ला अस्पलता पुर्‍याएपनि अस्पतालमा चिकित्सक नहुँदा समस्या भएको जिल्ला अस्पताल बाजुराका निमित्त…

October 28, 2019  
पुल नहुँदा स्थानीयलाई समस्या, १० वर्षमा सात जनाको मृत्यू

बाजुरा जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकाको छिन्दु नदीमा पुल नहुँदा बर्सेनी स्थानीय बेपत्ता र मृत्यु हुने गरेको छ । हिमाली गाँउपालिका–३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु खोलामा १० वर्षमा सात जनाको मृत्यू भएको स्थानीय लालु कुबर भोटेले बताए । छिन्दु नदी तरेर हिमाली गाँउपालिका–३ गुम्बा गाउँ र हिमाली क्षेत्रमा…

October 17, 2019  
स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामी समस्यामा

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि डाक्टरविहीन हुँदा बिरामीहरू समस्यामा परेका छन् । संस्थामा कार्यरत डा. गणेश चौधरी समायोजन भएर गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र आफूले सञ्चालन गर्नु परेको अहेव लोकेन्द्र न्यौपानेले बताए । उनले भने–‘डाक्टर सरूवा भएर गए । नयाँ आउने कुनै ठेगान छैन् । अहिले आफुले संस्था चलाइरहेको…

October 17, 2019  
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

जगन्नाथ गाउँपालिका–३ मोहतीस्थित वडा कार्यालयमा असोज १ गते अज्ञात पक्षले आगजनी गरेको छ । राति करिब साढे ११ बजे तिर अज्ञात पक्षले वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजपत्रहरू जलाएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले बताएका छन् । स्थानीय धुव्रबहादुर शाहीको घरमा भाडामा…

September 20, 2019  
कार्यस्थलमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पाँच जना नियन्त्रणमा

बडिमालिका नगरपालिका–८ मा भदौ २८ गते लागेको अनन्ते मेला सुरक्षको लागि खटिएका प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत अमृत बोहरा, केशव गिरी सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरिशङ्कर जोशी, बडिमालिका नगरपालिका–८ का गोरख थापा र सोही वडाकी ध्वनी थापालाई…

September 16, 2019  
प्रतिबन्धित नेकपाका बाजुरा सहसेक्रेटरी गिरफ्तार

जिल्ला प्रहरी कार्यलय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका बाजुराका सहसेक्रेटरी ५० वर्षीय दानबहादुर खड्का (किशोर)लाई गिरफ्तार गरेको छ । खड्कालाई भदौ २७ गते दिउँसो बुढीगङ्गा नगरपालिका–७ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख इन्स्पेक्टर जनकराज ढुङ्गानाले जानकारी दिएका छन् ।

September 14, 2019