महिनावारी भएको समयमा महिलाहरु ओडार र चौरमा बस्न बाध्य
महिनावारी भएको समयमा साइपाल गाउँपालिकाका अधिकांश महिलाहरु ओडार र चौरमा टेण्ट टाँगेर बस्न बाध्य भएका छन् । गाउँपालिकाले पालिकाभित्र रहेका छाउगोठ भत्काएको भएपनि धार्मिक अन्धविश्वास र पुनारत मान्यताका कारण महिनावारी भएको समयमा महिलाहरुलाई घर भित्र बस्न नदिएपछि ओडार र चौरमा बस्न बाध्य भएका हुन् । महिनावारी भएको समयमा महिलाहरुलाई घर…
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला दरमुकाम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपालको संविधानले नै नागरिकका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरेको…
बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा ६ जना गिरफ्तार
बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का २५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई ५५ वर्षीय गल्फे बोहरा र सोही गाउँपालिका–३ का २४ वर्षीय झलक दमाईलाई असोज १९ गते गिरफ्तार गरेको छ । १३ वर्षीया बालिकामाथि साउन २६…
स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड
मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले तोडफोड गरी क्षति पुर्याएका छन् । मष्टा गाउँपालिका– ६ का २२ वर्षीय चक्र बोहरा र २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले एम्बुलेन्सको हेडलाइट, सिसा र…
बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
मष्टा गाउँपालिका–२ खिकाला घर भई मट्टा आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्रबहादुर बोहराविरुद्ध पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ । बालिकालाई बलात्कार गरी हत्या गरेकाले बोहराविरुद्ध असोज…
मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),बझाङको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया तथा जिल्ला स्तरीय मानव अधिकार सञ्चाल गठन कार्यक्रम असोज ८ गते चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय दलित नेट वर्कका केन्द्रय सदस्य श्याम सुनारले मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न र मानव अधिकार रक्षकहरुका चुनौतीहरुलाई…
खानेपानी अभाव हुँदा स्थानीय समस्यामा
जिल्ला सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका झण्डै २ हजार स्थानीयहरु समस्यामा परेका छन् । एक हप्तादेखि खानेपानी अभाव हुँदा आफूहरु सेती नदीको पानी पीउन बाध्य भएको स्थानीय रुमला कठायतले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘खानेपानी अभावमा खान पकाउन,भाडाकुडा धुन समस्या भएको छ । खोलाको फोहर पानी…
बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार
१९ वर्षीया एक किशोरीलाई एक वर्ष अगाडि दुर्गाथली गाउँपालिका – ४ का ३० वर्षीय शिक्षक बसन्त ओली र शिवराज ओलीले बलात्कार गरी फरार रहेकोमा जेठ ६ गते फरार आरोपितमध्येका बसन्त ओलीलाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाका बारेमा कसैलाई जानकारी गराएको खण्डमा शिक्षकद्धयले मार्ने धम्की दिएकोले आफूले लामो समयसम्म कसैलाई…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वि नगरपालिका – ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण आफूले एक घण्टाको बाटो हिडेर खोलाबाट बाल्टिनमा पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको सुबेडा स्वास्थ्य चौकीका कार्यालय सहयोगी रामप्रसाद जोशीले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो –‘१०…
खाने पानी र फोहर व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई समस्या
जिल्ला कारागार बझाङमा खानेपानीको समस्या हुँदा कैन्दीबन्दीहरूले समस्या झेल्दै आएका छन् । कारागारमा खाने पानीको समस्या हुदाँ खान बनाउन, सरसफाई गर्न र शौचालन समेत प्रयोग गर्न समस्या भएको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनु भयो । उहाँले भन्नु भयो –‘कारागरा भित्र एक ओटा मात्रै धारा छ । धारामा…