कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको उपचारमा समस्या भएको जिल्ला कारागारले जनायो । कारागारका कैदीबन्दीको उपचारको लागि सरकारले सिनियर अहेवको दरबन्दी दिएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या हुने गरेको सूचना अधिकारी विजयकुमार ठाकुरले बताए । जिल्ला कारागार…

June 9, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जेठ १६ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नौगाड गाउँपालिका–३ का ३५ वर्षीय विक्रमासिंह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् । पीडित महिलाले जेठ १५ गते प्रहरी चौकी, दल्लेखमा बलात्कार प्रयास भएको…

June 1, 2018  
घरेलु हिंसाका पीडितलाई बस्नै समस्या

लेकम गाउँपालिका-६ का पूजा पाल विगत दुई वर्षदेखि घरेलु हिंसा पीडित बनेकी छन् । उनको मानसिक अवस्था कमजोर भएको भन्दै परिवारले हेरचाह गर्न छाडेपछि उनी पीडित भएकी हुन् ।  दुई वर्षदेखि बेसहारा जस्तै बनेकी उनी घुमफिर गरिरहन्छिन् । अहिले आफन्तले संरक्षण गरेका छन् । तर, लामो समयसम्म आफ्नो घरमा राख्न…

May 26, 2018  
गाउँपालिकाद्वारा २० वटा विधेयक पारित

दार्चुलाको उत्तरी क्षेत्रमा अवस्थित व्यास गाउँपालिकाले २० वटा विधेयक पारित गरेको छ । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि भन्दै २० वटा विधेयक पारित गरेको गाउँपालिकाले जनाएको छ । जेठ १ गते बसेको गाउँपालिकाको दोस्रो गाउँसभाले न्यायिक समिति कार्यविधि ऐन, उपभोक्ता समिति गठन परिचालन व्यवस्थापन…

May 17, 2018  
अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल दार्चुलामा अत्याश्यक औषधि अभाव भएको छ । अस्पतालमा अहिलेको मौसममा आवश्यक पर्ने स्लाइन, भाइरल ज्वोरोको औषधि, एन्टिबाइटिक, इन्जेक्सन एन्टिबाइटिक, दुखाइ कम गर्ने तथा श्वासप्रश्वासमा प्रयोग हुने औषधिको अभाव भएको हो । यस्तै कलमिलोसन, डाइजिन ट्याब्लेट, फसोमाइड, एसिटाजोलामाइडलगायत दर्जनौँ प्रकारका औषधिहरू अस्पतालमा अभाव रहेको औषधि वितरण कक्षका कर्मचारी गोपालसिंह…

May 14, 2018  
आर्थिक सामाजिक क्षेत्रका अधिकार उठाउन आग्रह

इन्सेक कार्यालय धनगढीका संयोजक खड्कराज जोशीले जिल्लामा रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गतका विषयवस्तुलाई प्राथमिकताका साथ उठाउन जिल्लास्थित पत्रकार एवम् अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् । इन्सेकको आयोजनामा वैशाख २० गते खलङ्गामा आयोजित पत्रकार तथा अधिकारकर्मीसँगको समन्वय बैठकमा संयोजक जोशीले यस्तो आग्रह गरेका हुन् । जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे…

May 3, 2018  
मजदुर जहिल्यै असुरक्षित !

कर्णाली प्रदेश, जाजरकोट जिल्लाबाट ५ महिना पहिले मजदुरी गर्न दार्चुला आएका ५५ वर्षीय भद्रबहादुर शाही र ५० वर्षीय नन्दी सिंहले एक महिनाअघि काम गरेबापतको ज्याला माग्दा ठेकेदारबाट कुटाइ खानु पर्‍यो । ठेकेदारले काम गरेबापतको ज्याला नदिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनीहरूले प्रहरीकै सामुन्ने कुटाइ खाएका हुन् । जिल्ला प्रहरी कार्यालयमा…

May 2, 2018  
स्थानीय तहहरूमा उजुरीको चाङ्, कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या

दार्चुलाका नौ वटै स्थानीय तहहरूमा न्यायिक समिति गठन भएपछि उजुरीको चाङ् लाग्न थालेका छन् । दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका स्थानीय तहहरूमा घरेलु हिंसा, महिला हिंसा, आर्थिक लेनदेन, योजना विवाददेखि लिएर बहुविवाह सम्मका मुद्दाहरू पर्न थालेका छन् । संविधानले स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्षहरूलाई न्यायिक अधिकार…

April 29, 2018  
भारीका भरमा दार्चुलाका महिला

अपि हिमाल गाउँपालिका-५ का अधिकांश महिला भारी बोकेरै घर चलाउने गर्छन् । जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै भए पनि आफ्नो गुजारा गर्न बाध्य भएका हुन् । मार्मा गाउँपालिकाको पारिबगरदेखि अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ३, र ४ सम्म भारी पुर्‍याएबापतको कमाइले महिलाहरूले घर खर्चदेखि छोराछोरीको पढाइलगायत…

April 28, 2018  
जातीय विभेद गरेको आरोपमा उजुरी

शैल्यशिखर नगरपालिका-१ बलाँचथलाका २३ वर्षीया रेखा महरले आफूलाई सोही ठाउँका २५ वर्षीय माधवसिंह बोहराले जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले वैशाख ११ गते जातीय विभेद हने शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएकी…

April 27, 2018