आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी

नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ । निर्वाचनको क्रममा कुनैपनि योजनाहरूको शिलान्यास उद्घाटन गर्न नपाइने भएपनि उम्मेदवारसहितको टोलीले सडक शिलान्यास गरेपछि जेठ २४…

June 7, 2017  
ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा ग्रामीण भेगमा मतदाता शिक्षा प्रभाकारी हुन नसकेको भन्दै कार्यक्रमका सहभागिहरूले यस्तो कुरामा जोड दिएका हुन् । जेठ २२ गते जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आयोजना…

June 5, 2017  
चुनावको मिति सार्ने सरकारको निर्णयसँगै गाउँ गएका निर्वान अधिकृतहरू अन्यौलमा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति तेस्रो पटक सारेपछि गाउँपालिकामा पुगेका निर्वाचन अधिकृतहरू अन्यौलमा परेका छन् । दुर्गम क्षेत्रमा पुगेर जेठ १५ गते कार्यालय उद्घाटन गरेका निर्वाचन अधिकृतहरू चुनावको मिति पर सारिएपछि अन्यौलमा परेका हुन् । 'समाचारबाट निर्वाचनको मिति फेरिएको खबर थाहा पाएका छौँ ।'-अपि हिमाल गाउँपालिकाका सहायक निर्वाचन अधिकृत…

May 31, 2017  
एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील

स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो । शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका…

May 29, 2017  
पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । सिप्टीमा घरदैलो अभियान गरिरहेको अवस्थामा राति रमेश ठगुन्नाको घरमा एमाले उम्मेदवार धामीलाई आरोपितले ज्यान मार्ने उद्धेश्यले खोजी गरेको भएपनि पीडित धामी सो घरमा नबसेर…

May 25, 2017  
राजनीतिक दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाल उठाउन सञ्जालको माग

जिल्ला खाद्य अधिकार सञ्जाल दार्चुलाले स्थानीय तह निर्वाचनमा खाद्य अधिकारको सवाल उठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । राजनीतिक दलले जारी गर्ने घोषणा पत्र र प्रतिबद्धतामा खाद्य अधिकारलाई उठाउन खाद्य अधिकार सञ्जालले जेठ १ गते आग्रह गरेको हो । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा गरिब तथा खाद्य अधिकारबाट…

May 15, 2017  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालाहरू प्रतिबद्ध

स्थानीय तह निर्वाचनमा दार्चुलामा बालबालिकाको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा बालबालिकाको प्रयोग र बाल अधिकारको हनन् हुन नदिने प्रतिबद्धता जनाएका हुन् । महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाया पौडेलले निर्वाचनमा बालबालिकाको…

May 12, 2017  
सुपरभाइजर श्रम शोषणमा, दर रेट भन्दा न्यून मूल्यमा काम गराइँदै

दार्चुला टिङ्कर सडक योजनाले जिल्ला दर रेट भन्दा कम मूल्यमा सुपरभाइजर र चौकीदार नियुक्त गरेको छ । टिङ्कर सडकको विभिन्न क्षेत्रमा कार्यरत सुपरभाइजरहरूले जिल्ला दर रेट भन्दा आधा कम मूल्यमा काम गर्नु परेको हो । तिङ्कर सडकले दैनिक मूल्यमा राखिएका नौ जना सुपरभाइजर र दुई जना चौकीदारको दैनिक पाउने मूल्य…

May 9, 2017  
दार्चुलामा आचारसंहिता उल्लङ्घनका तीन ओटा उजुरी दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार हालसम्म आचारसंहिता उल्लङ्घनका तीन ओटा घटना लिखित रूपमै दर्ता भएका छन्  । कार्यालयका अनुसार आचारसंहिता लागु भइसकेपछि जिल्ला अस्पताल दार्चुलाले बर्थिङ सेन्टरको लागि चार जना अनमी करारमा भर्ना गरेको, विद्यालयहरूमा राजनीतिक दलहरूले कार्यक्रम गरेको उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले विभिन्न…

May 8, 2017  
निर्वाचनको प्रचार प्रसारमा गएका काङग्रेस कार्यकर्ता मृत भेटिए

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रचारमा निस्केका काङग्रेस कायकर्ता मृत भेटिएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका कलमसिंह लोथ्याल अपि हिमाल गाउँपालिका-६ सितोलाको मज्जे भन्ने स्थानमा मृत भेटिएका हुन् । वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका लोथ्याललाई वैशाख २० गते प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले मृत फेला पारेको जिल्ला…

May 4, 2017