निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले डडेल्धुरामा वैशाख ९ गते निर्वाचन पूर्व जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वमा रहेको टोलीले नागरिक समाजका अगुवा, पत्रकार, मानव अधिकारकर्मी र मतदाताहरूसँग छलफल गरको हो । छलफल कार्यक्रममा क्षेत्रीय संयोजक जोशीले स्थानीय तहको निर्वाचनलाई…

April 22, 2017  
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते हत्या गरेका छन् । पत्नीको हत्या गरेलगत्तै करीले पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

March 25, 2017  
सेवा प्रदायक र सेवाग्राहीबिच अन्तर्क्रिया सम्पन्न

मानव अधिकार निगरानी समूह डडेल्धुराको आयोजनामा फागुन ३० गते सेवा प्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्थाका विषयमा अन्तर्क्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले अझै पनि दुरदराजका नागरिकसम्म शिक्षा, स्वास्थ्य, कृषिको पहुँच पुग्न नसकेको गुनासो गरेका छन् । कार्यक्रममा कृषि क्षेत्रमा अझै पनि आधुनिकीकरण नभएको, शिक्षा सिपमूलक बनाउन नेपाल…

March 13, 2017  
कारागारका खरिदारलाई कारबाहीको माग गर्दै कैदी बन्दीद्वारा प्रशासनमा पत्राचार

जिल्ला कारागार शाखा डडेल्धुराका कैदी बन्दीले कारागार शाखाका खरिदारलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएका छन् । कैदी बन्दीहरूले कारागार शाखा डडेल्धुरामा कार्यरत खरिदार लक्ष्मी जोशीले विभिन्न विषयमा कारागारमा रहेका कैदी बन्दीहरूलाई दुःख दिने गरेको आरोप छ । इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका संयोजक…

February 20, 2017  
अधिकारकर्मीको हत्या घटनाका आरोपित गिरफ्तार

कोटेली गाविस स्तरीय मानव अधिकार निगरानी सञ्जालका अध्यक्ष ३७ वर्षीय शेरबहादुर साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय भिमबहादुर भूललाई प्रहरीले फागुन ८ गते गिरफ्तार गरेको छ । खानेपानीको विषयमा भएको सामान्य विवाद पश्चात आरोपित भूलले फागुन ८ गते बिहान खुकुरी प्रहार गर्दा साउदको ज्यान गएको…

February 19, 2017  
आठ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको क्षेत्रीय सम्मेलन सम्पन्न

मानव अधिकार रक्षकहरूको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्मेलन मानव अधिकार रक्षकहरूको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्ने, उनीहरूको परिचय खुल्ने परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण, मानव अधिकार रक्षकहरूको अधिकारसम्बन्धी ऐन बनाएर तत्काल लागु गर्न माग गर्नेलगायतका आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । अनौपचारिक…

September 18, 2016  
अनुगमन नहुँदा अवैध औषधिहरूको विक्री हुने गरेको आरोप

सुदूरपश्चिमका सबै नौ ओटै जिल्लामा खुलेका औषधि पसलहरूको अनुगमन नगरिएका कारण गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिमभर अवैध औषधि विक्री वितरण गरेको अधिकारकर्मीहरूले आरोप लगाएका छन् । मानव स्वास्थ्यका लागि भन्दै खोलिएका १ हजार ३ सय ७१ ओटा औषधी पसलबाट अवैध औषधि विक्री वितरण भइरहेको उनीहरूले आरोप लगाएका हुन् ।…

August 27, 2016