जानप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम असोज १८ गते डडेल्धुरामा सम्पन्न गरिएको छ । तालिममा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारहरू, मौलिक हक, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार, मानव अधिकारका आधारभूत अवधारणालगायतका विषयमा…

October 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिकाका २८ वर्षीय वीरबहादुर बोहरालाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ९ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले असोज १२ गते प्रहरीमा उजुरी दिएको थियो । आरोपितमध्येका परशुराम नगरपालिकाका २३ वर्षीय शिवशङ्कर जोशी फरार रहेको जिल्ला प्रहरी…

September 29, 2018  
किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

जिल्ला सदरमुकाम अमरगडी बजारमा नै दलितले पालेका गाईभौँसीको दुध किनवेच नहुने गरेको दलित समुदायका व्यक्तिहरूले गुनासो गरेका छन् । पछिल्लो समयमा दलितहरूलाई होटल तथा सार्वजनिक स्थलहरूमा प्रवेश गर्न दिइए पनि दलितले उत्पादन गरी बजारमा दुध बेच्न जाँदा कसैले पनि किन्न नमानेको अमरगढी नपा-७ का सुरेश ताम्राकारले बताए । उनले भने-‘घरमा…

September 25, 2018  
सुदूर पहाडको खानेपानीः जहाँ पानी पैँचो दिनुपर्छ

नवदुर्गा गाउँपालिकाका विभिन्न गाउँमा खानेपानीको चरम अभाव भएको छ । गाउँ नजिक पानीका स्रोत नभएका कारण यहाँका विभिन्न टोलगाउँमा खानेपानीको आभाव भएको हो । सरकारले सबैका लागि खानेपानी अनिवार्य भने तापनि नवदुर्गा गाउँपालिकामा खानेपानीको निकै समस्या रहेको छ । सो गाउँपालिका–५ मा रहेका ठाँटा बजार, कुणी, खाणँखोरी दुलौना, मल्लाउका महिला…

September 22, 2018  
बलात्कारका घटनामा सम्वेदनशील हुन आग्रह गर्दै प्रजिअमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै डडेल्धुराका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश ७ का मुख्यमन्त्रीलाई भदौ १३ गते ज्ञापनपत्र बुझाएका छन् । इन्सेक, महिला मुक्ति समाज, नागरिक समाज, नेपाल पत्रकार महासङ्घलगायत अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले एक महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरीएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा…

August 31, 2018  
जातीय छुवाछुतका कारण दलित विद्यार्थीहरूलाई पठनपाठन गर्न समस्या

परशुराम नपा-७ स्थित सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनीमा छुवाछुतका कारण दलित विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विद्यालयमा गैरदलित विद्यार्थीहरूले दलित विद्यार्थीहरूलाई नजिकसमेत बस्न नदिने भएपछि २२ जना दलित छात्रछात्राहरू पठनपाठनमा समस्या भएको हो । घरबाट करिब ४५ मिनेटको दुरीमा रहेको विद्यालयमा विद्यार्थीहरूले खाजा बोकेर विद्यालयमा जाने गरेको भए पनि गैरदलित…

August 29, 2018  
गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य (फोटो फिचर)

गाउँमा माध्यमिकस्तरको विद्यालय नहुँदा परशुराम नपा-७ का झण्डै १ सय ५० जना विद्यार्थीहरू वर्षातका बेला जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । आधारभूतसम्मको विद्यालय गाउँमै रहेता पनि माध्यमिक तहको शिक्षा अध्ययनका लागि घर भन्दा चार किलोमिटर दुरीमा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनी पुग्न खोला तर्नु पर्ने बाध्यताले…

August 27, 2018  
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाद्वारा जनप्रतिनिधिहरूलाई राजिनामा दिन धम्की

जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट जिल्ला जनपरिषद् डडेल्धुराले साउन ११ गते पत्रमार्फत राजिनामा दिन धम्की दिएको छ । जिल्ला जनपरिषद् प्रमुख दिपक भण्डारीद्वारा जारी विज्ञप्तिमा स्थानीय तहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै सम्पूर्ण जनप्रतिनिधिहरूको राजिनामाको माग गरिएको छ । विज्ञप्तिमा जनप्रतिनिधिहरूले नक्कली…

July 28, 2018  
विद्यार्थी आन्दोलनका कारण एक महिनादेखि पठनपाठन बन्द

नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको आन्दोलनका कारण डडेल्धुरा जिल्ला सदरमुकामस्थित शिक्षा क्याम्पसमा एक महिनादेखि पठनपाठन बन्द भएको छ । बन्दका कारण सो क्याम्पसमा अध्ययनरत ३ सय विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । क्याम्पस प्रशासनले आफू निकटका व्यक्तिलाई प्रक्रिया पूरा नगरिकनै कर्मचारी भर्ना गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले गरेको…

July 28, 2018  
वडा कार्यालय स्थापना हुन नसक्दा सेवा प्रवाहमा समस्या

डडेल्धुराका अधिकांश वडा कार्यालयहरू व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तहका ६२ वडा मध्ये ४० वटा वडा कार्यालयहरू मात्रै स्थापन भई सेवा प्रवाह गरिरहेका छन् भने २२ वटा वडा कार्यालयहरू स्थापना हुन नसकेका कारण  स्थानीयहरूले सहज रूपमा सेवा पाउन सकिरहेका छैनन् । अमरगढी…

July 20, 2018