दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । उपक्षेत्रीय अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दी पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०७० सालमा स्थापना गरिएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पूरा नभएको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कडेलले…

January 28, 2019  
पुल नबनाउँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या (फोटो फिचर)

तिल्केनीका हर्कबहादुर परशुराम धाममा स्नान गर्न आए । परिवारसँगै बालबच्चा पनि ल्याएर उनि परशुराम धाममा आएका थिए । ‘महाकालीमा पुल छैन । डुङ्गामा आउँदा एउटा बच्चा डुङ्गाबाट महाकालीमा खस्यो । प्रहरीले उद्धार गरेकाले मात्र उ बाँच्न सक्यो ।’–उनले भने–‘कञ्चनपुरबाट यहाँ आउन भारतबाट सहज हुन्छ । महेन्द्रनगरबाट बनबासा १५ रुपियाँ र…

January 27, 2019  
१३ वर्षदेखि विस्थापित बाढीपहिरो पीडीतहरूको पुनर्स्थापना भएन 

२०६२ साल असोज ८ गते अविरल वर्षापछि आएको बाढीपहिरोबाट विस्थापित ३५ परिवारको अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । परशुराम नगरपालिका–३ शिर्षमा १३ वर्षअघि आएको पहिरोमा परेर एकै परिवारका आठ जनासहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बिताउँदै आएका छन् । पहिरो पीडितका लागि…

January 21, 2019  
सामाजिक अन्धविश्वसका कारण महिलाहरू घरमै सुत्केरी हुन बाध्य

सामाजिक अन्धविश्वासका रूपमा रहेको छाउपडी कूप्रथाका कारण डडेल्धुराका महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थाबाट सुत्केरी भएका महिलालाई घरसम्म पुर्‍याउन सवारी चालकहरूले नमान्ने र पुर्‍याएपनि चर्को रकम लिने भएकाले सुत्केरी महिला समस्यामा परेका हुन् । अजयमेरु गाउँपालिकामा मात्रै यो आर्थिक वर्षमा ५ जना महिला घरमै सुत्केरी भएको…

December 30, 2018  
औषधि अभाव हुँदा असाहय व्यक्तिहरूलाई समस्या

चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा समेत गरिब तथा असहायलाई वितरण गरिने औषधि खरिद हुन नसक्दा समस्या भएको छ । चालु आर्थिक वर्षको ५ महिनासम्म पनि औषधि खरिद नहुँदा जिल्लाका अस्पताल र स्वास्थ्यचौकीमा औषधिको अभाव भएको हो । बजेट निकासा नहुँदा हालसम्म औषधि खरिद गर्न नसकेको उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल…

December 28, 2018  
इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । डडेल्धुराका दुई ओटा नगरपालिका र पाँच ओटा गाँउपालिका गरी सात ओटा स्थानीय तहमा छुट्टै इजलास कक्ष नभएका कारण न्याय सम्पादन गर्न समस्या भएको स्थानीय तहका उप प्रमुखहरूले गुनासो गरेका छन् । स्थानीय तहको आफ्नै भवन नभएको र भवन अभावका…

December 26, 2018  
भवन नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि आवासीय भवन नहुँदा उनीहरू मार्कामा परेका छन् । सिद्धनाथ माध्यमिक विद्यालय, जोगवुडामा भवन अभावका कारण डोटी र डडेल्धुरा जिल्लाबाट आएका १० जना छात्र र १४ जना छात्रा गरी २४ जना सुस्त श्रवण शक्तिका विद्यार्थीहरूलाई व्यवस्थापन गर्न कठिनाइ भएको हो । । साविकको जिल्ला शिक्षा,…

November 30, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराको आयोजनामा कात्तिक २९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।   इन्सेक जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले सन् २०१८ को जनवरीदेखि सङ्कलन गरिएका ३५ ओटा घटनाहरू प्रस्तुत गरेका थिए ।…

November 17, 2018  
गर्भवती ‘बालिका’ र ‘बालिका आमाबाट जन्मिएका बच्चाहरूमा स्वास्थ्य समस्या

सुदुरपश्चिम प्रदेशमा कम उमेरमै गर्भवती हुने बालिका र उनीहरूबाट जन्मिएका बच्चाहरूको स्वास्थ्यमा समेत समस्या बढ्दै आएको पाइएको छ । उमेर नपुगी गर्भवती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुने तथा मृत्युको धैरै जोखिम हुने र उनीहरूबाट जन्मिएका शिशुलाई पनि पछि गएर हृदयरोग र मधुमेहको समस्या हुने गरेको सुदूरपश्चिम प्रदेश सामाजिक…

October 11, 2018  
सात बुँदे माग राख्दै कैदीबन्दीद्वारा आमरण अनशन सुरू

जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै असोज २२ गतेदेखि आमरण अनशन सुरू गरेका छन् । डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका देविसिंह ऐरले सात बुँदे माग राख्दै आमरण अनशन सुरू गरेका हुन् । असल चालचलन भएका सुधार उन्मूख…

October 9, 2018