अस्पतालमा डाक्टर नहुँदा सेवाग्राही समस्यामा
जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सेवाग्राहीहरुले गुनसो गरेका छन् । २० जना डाक्टरको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा हाल तीन जना डाक्टर मात्र कार्यरत रहेकाले सेवाग्राहीहरुले समस्या झेल्नु परेको हो । लामो समयसम्म डाक्टर अभाव हुँदा पनि अस्पताल विकास समितिले डाक्टरहरुको पदपुर्तितर्फ चासो नदिएको…
वडा सचिव नहुँदा सेवाग्राही समस्यामा
परशुराम नगरपालिकाका १२ ओटा वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको सेवाग्रहीहरुले गुनासो गरेका छन् । वडा कार्यालयमा सचिव नहुँदा जन्मदर्ता, नागरिकता तथा अन्य सिफारीसका लागि समस्या भएको स्थानीय राजेन्द्र धामीले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो – ‘अति आवश्यक सिफारिसका लागि पनि अध्यक्ष तथा सचिवहरुलाई फोनमार्फत खोज्नु पर्ने वाध्यता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवदुर्गा गाउँपालिका–१ खैरोडाका ३० वर्षीय टेकबहादुर दमाईलाई मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ भने अर्का आरोपित फरार रहेका छन् । पीडित महिलालाई आरोपितद्वयले मङ्सिर १० गते राति गोठमा काम गरिरहेकी महिलामाथि सामूहिक बलात्कार गरेको भन्ने उजुरीका आधारमा आरोपतिलाई गरिफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
परशुराम नगरपालिका–७ साँदनीकी ४० वर्षीया पार्वती पुन मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति करन पुन मगरले मङ्सिर २ गते गिरफ्तार गरेको छ । भाइटिकाका दिन माइती पुगेर दाजुभाइलाई टिका लगाएर घर फर्किएकी पार्वतीलाई आरोपितले अत्यधिक मदिरा सेवन गरी कुटपिट गरी मङ्सिर १ गते हत्या गरेको इलाका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजयमेरु गाउँपालिका–३ का २२ वर्षीय दानी बिकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी महेन्द्र नेपालले बताउनु भयो । आरोपितलाई जिल्ला अदालत डडेल्धुराबाट…
मौलिक अधिकार उपभोग गर्न नपाएको गुनासो
डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५ गते जिल्ला सदरमुकाममा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाल र चुनैति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी मानव अधिकार निगरानी समूहका सदस्यहरू, नागरिक समाजका…
सामाचरमा चित्त नबुझेपछि पत्रकार बोहरालाई मार्ने धम्की
डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश ऐरले मार्ने धम्की दिएको पीडितले आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा इन्फोखबर अनलाइनका प्रकाशक बोहोरालाई ‘ब्लड बैङ्क डडेल्धुराको चरम लापरवाही, रक्तदान गर्न ८…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायतलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २३ गते आलिताल प्रहरी चौकिमा उजुरी दिएको थियो । आरोपितले विभिन्न किसमका डर त्रास…
अनलाइन शिक्षाबाट वन्चित भएको दृष्टिविहिन बालबालिकाहरुको गुनासो
सिद्धनाथ माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १५ जना बालबालिकाहरुले विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन शिक्षाबाट वन्चित भएको गुनासो गरेका छन् । अधिकाङ्स बालबालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण दैनिक रुपमा मोवाइल रिचार्ज गरेर अनलाइन कक्षामा सहभागि हुँने अवस्था नरहेको सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत दृष्टिविहिन विद्यार्थी…
औषधी अभाव हुँदा सेवाग्राही समस्यामा
अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सवाग्राहीहरुले गुनासो गरेका छन् । नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी, उग्रतारा स्वास्थ्य चौकी र भूमिराज स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि त्यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको हो । स्वास्थ्य चौकीमा चेकजाँच हुने भएता पनि नेपाल सरकारले…