धार्मिक स्वतन्त्रता हनन् भएको भन्दै पीडितद्वारा आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय, फल्टुडेले साउन २० गते आफूलाई गिरफ्तार गरी जनै र टुप्पी काटेर धार्मिक स्वतन्तत्रता हनन् गरेको भन्दै चुरे गाउँपलिका–६ का ४५ वर्षीय मानसिंह धामीले साउन २८ गते राष्ट्रिय मानव अधिकार आयोग, धनगढीमा उजुरी दिएका छन् । चुरे गाउँपालिका–६ की वडा सदस्यसमेत रहेकी धामीकी २८ वर्षीया पत्नी हरमती ठगुन्नाले…

August 14, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता टिकापुर नपा—१ का ३३ वर्षीय पुर्णबहादुर खड्कालाई  साउन २५ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत वैशाख १३ गते गिरफ्तारमा परेका खड्का जिल्ला प्रशासन कार्यालयमा साउन २५ गते १० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगतै जिल्ला प्रशासन परिसरबाटै…

August 11, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्षमण सेरेलालाई साउन २१ गते प्रहरीले माया मेट्रो अस्पताल, धनगढीबाट गिरफ्तार गरेको छ । साउन २ गते धनगढीको चटकपुरस्थित शहीद गेट नजिकै निलम होटलमा बम विस्फोटमा परी घाइते भएका सेरेलाकोे माया मेट्रो अस्पतालमा प्रहरीकै निगरानीमा उपचार…

August 7, 2019  
प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको छ ।   गौरीगङ्गा नपा–१ चौमलाबाट चौमाला मिडिया एरिया इञ्चार्ज ४० वर्षीय नन्दबहादुर बमलाई साउन १७ गते गिरफ्तार गरेको हो ।   गिरफ्तार गर्दा बमसँग पर्चा, पम्प्लेट, बम र तारसमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

August 4, 2019  
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनीको प्रयास

बर्दगोरिया गाँउपलिका–५ को वडा कार्यालयमा साउन १४ गते राति अज्ञात पक्षद्वारा आगजनीको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । कार्यालयमा आगजनी हुन लागेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरीको टोली तत्काल वाडा कार्यालयमा पुग्दा वडा कार्यालयमा आगजनी हुन नपाएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।…

August 1, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

महुन्याल गाउँपालिका-३ फलेबिसौना निवासी नेत्र विक्रम (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४३ वर्षीय यमबहादुर शाहलाई साउन १२ गते बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट प्रहरीले गिरफ्तार गरेको छ । चन्दा उठाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, बौनियाबाट गस्तिमा खटिएको प्रहरी टोलीले   शाहलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका शाहको थप अनुसन्धानका लागि साउन…

July 30, 2019  
बाबुको हत्या गरेको आरोपमा छोरो गिरफ्तार

घोडाघोडी नपा-११ सिसैयाका ७५ वर्षीय काल्चे रावतको हत्या गरेको र ७३ वर्षीया नन्दे रावतलाई घाइते बनाएको अरोपमा प्रहरीले ५५ वर्षीय छोरा उदे रावतलाई साउन ६ गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण बृद्ध बुबालाई आरोपितले हसिया प्रहार गरी हत्या गरेको र आमालाई पनि घाइते बनाएको भन्ने जानकारी प्राप्त भएलगत्तै…

July 23, 2019  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

साउन ३ गते आफैँले बोकेको बम विष्फोट भएर मृत्यु भएका रामबहादरु सिंहको दाहसंस्कारमा सहभागी भएका बझाङको जयपृथ्वी नपा–१ की २२ वर्षीया सीता सिंह र कञ्चनपुरका २७ वर्षीय प्रकाश जप्रेललाई प्रहरीले प्रतिबन्धित पार्टीमा लागेको आरोपमा साउन ४ गते गिरफ्तार गरेको छ । दाहसंस्कारका लागि घाट जाँदै गर्दा प्रहरीले नियमित चेकजाच गर्ने…

July 21, 2019  
आफैँले बोकेको बम विष्फोट हँदा एक जनाको मृत्यु, चार जना घाइते

धनगढी उमनपा-३ चटकपुरस्थित शहीदगेट नजिकै निलम होटेलमा साउन २ गते साँझ बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । विस्फोटमा परी बझाङ जिल्लाको जयपृथ्वी नपा-१४ का २६ वर्षीय रामबहादुर सिंहको मृत्यु भएको छ भने निलम हाटेलका सञ्चालक ३८ वर्षीय केशवराज पाण्डे, धनगढी उमनपा-४…

July 19, 2019  
रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलार्ई ज्ञापनपत्र पेश

रोम विधानको अनुमोदनको माग गर्दै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई साउन २ गते ज्ञापन पत्र बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा साउन १ गते छलफल कार्यक्रम गरी सबैको सहमतिका आधारमा साउन २ गते गैरसरकारी संस्था महासङ्घ, फाया नेपाल, माइती नेपाल,…

July 18, 2019