बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते धनगढी उमनपा-८ क्याम्पसरोडस्थित सडक छेउमा बलात्कार गर्दै गरेको अवस्थामा…

September 24, 2016  
सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै इन्सेकमा निवेदन  

डिलासैनी गाविस-१, बैतडी घर भई सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलमा कार्यरत सैनिक हवल्दारलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा उनको अवस्था सार्वजनिक गर्नका लागि सहयोगको अपिल गर्दै पीडितका दाजु देवसिंह बोहोराले इन्सेकसँग आग्रह गरेका छन् । डोटीमा ०७३ साउन २१ गते हराएका हतियार र गोलीहरू छानबिन गर्ने निहुँमा भाइलाई चरम यातना…

September 5, 2016  
द्वन्द्वपीडित भन्छन्-'सरकार पहिला बेपत्ताको सास वा लास देखाउ'

बेपत्ता पारिएका नागरिकका परिवारलाई सरकारले रकम बाँडेर सहानुभूति देखाउनुभन्दा उनीहरूको पछिल्लो अवस्थाको बारेमा परिवारलाई जानकारी दिएमा मात्रै न्याय हुने द्वन्द्वपीडितहरूले बताएका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्यविरुद्धको दिनको अवसरमा भदौ १४ गते कैलालीको धनगढीमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै कैलालीकी द्वन्द्वपीडित कृष्णा चौधरीले आफ्ना बोपत्ता पतिको अवस्था सार्वजनिक गरिदिन सरकारसमक्ष आग्रह…

August 31, 2016  
मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता

धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज आचार्यले अभद्र व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । आफूमाथि भदौ ४ गते नै छुवाछुतको व्यवहार गर्दै भजनकिर्तनमा सहभागी हुन नदिएको भएपनि आफूले असुरक्षित महसुस…

August 30, 2016  
अवैध रूपमा विदेश जान लागेका तीनजना महिलाको उद्दार

कैलालीको गौरीफण्टा नाका हुँदै अवैध रूपमा विदेश जान लागेका तीन महिलाको साउन २५ गते धनगढी उपमनपा ̵ २ बाट उद्दार गरिएको छ । नाकामा चेकजाँच गर्ने क्रममा ती महिलाले आफूहरू दिल्ली जान लागेको बताएपछि उनीहरूलाई उद्दार गरिएको शान्ति पुनःस्थापना गृह कैलालीकी फिल्ड सुपरभाइजर कैलाशु रानाले बताइन् । उनीहरूले सुरूमा गौरीफण्टा…

August 10, 2016