कैलालीमा ७७ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील केन्द्रको सूचीमा राखेको छ । मङ्सिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भौगोलिक विकटता, सुरक्षा निकायको पहुँच र अपराधिक गतिविधिको दृष्टिले ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील घोषणा गरेको जिल्ला सुरक्षा समिति कैलालीका अध्यक्ष…

November 14, 2017  
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम कात्तिक २७ गते धनगढीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पर्यवेक्षकले स्वतन्त्र एवम् निष्पक्ष भई पर्यवेक्षक आचारसंहिताको पूर्ण पालना गरेर काम गर्नुपर्ने बताए ।…

November 14, 2017  
अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेस नगर समितिको कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पार्टी कार्यालय भित्र गाडीको टायर र पेट्रोल र्छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट कार्यालयमा रहेका केही कागजात जलेको बताउँदै…

November 2, 2017  
नागरिकको खाद्य अधिकार सुनिश्चिततामा जोड

'खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइसराई व्यवस्थित गरौँ' भन्ने मुल नाराका साथ जिल्ला खाद्य अधिकार सञ्जाल कैलाली र इन्सेकलगायत विभिन्न १८ ओटा सङ्घ संस्थाको सयुंक्त आयोजनामा ३७ औँ खाद्य अधिकार दिवस असोज ३० गते विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाको…

October 16, 2017  
अधिकारप्रति सचेत भएर अभिलेख गर्नुपर्छः गौतम

आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेको इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असोज २९ गतेदेखि सुरू भएको मानव अधिकार रक्षकसम्बन्धी तीन…

October 15, 2017  
आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर गाडीमा तोडफोडसमेत गरेका छन् । अनुगमनको नाममा व्यापारीलाई दुःख दिएको आरोप लगाउँदै अनुगमनको विरोधमा उत्रेका व्यवसायीहरूले मन्त्रीको गाडीमा रहेको नेपालको झन्डा च्यात्चुत पार्नुका साथै ढुङ्गामुढाको…

September 24, 2017  
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो । इन्सेकले जिल्लास्तरमा सञ्चालन गर्दै आएको कार्यक्रमको विवरण, गत वर्षको प्रगति विवरण…

September 14, 2017  
प्रदेश नं ७ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान

कैलाली जिल्ला इन्सेक प्रतिनिधि रविना चौधरीका अनुसार अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, एफएमडीसी, पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको सयुंक्त आयोजनामा भदौ २३ गते धनगढी उमनपाका जनप्रतिनिधिहरूबाट भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ । "म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु ।" भन्ने मूल…

September 8, 2017  
बाल अधिकार तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको बाल अधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका २४ जना बालबालिकाको सहभागिता रहेको…

September 7, 2017  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका कमल चौधरीलाई साउन २५ गते गिरफ्तार गरेको छ । तीन जना महिलासहित आरोपितहरू भारतीय बजारतर्फ गइरहेको अवस्थामा शङ्का लागेर सोधपुछ…

August 10, 2017