बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर बलात्कार गरेपछि ईलाका प्रहरी कार्यालय, चौमालामा फोन गरी घटनाका बारेमा जानकारी गराएको पीडितले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि, केन्द्रीय कार्यालयका प्रतिनिधि र प्रदेश कार्यालयका प्रतिनिधिहरुको सहभागितामा पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका नौ ओटै जिल्लाबाट…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीले सन् २०२० जनवरीदेखि डिसेम्बर २०२० सम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २…
प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज पुनःगिरफ्तार
प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज लम्कीचुहा नगरपालिका—१ का ४६ वर्षीय गणेशप्रसाद ढकाललाई प्रहरीले पुस १३ गते जिल्ला प्रशासन परिसरबाट पुनःगिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले ढकाललाई पुस १३ गते साधारण तारेखमा रिहा गरेको भएपनि प्रहरीले जिल्ला प्रशासन कार्यालयकै परिसरबाट पुनःगिरफ्तार गरेको हो । जिल्ला प्रशासन कार्यालय, कैलालीले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—४ का २६ वर्षीय यज्ञराज जोशीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुस ७ गते उजुरी दर्ता गराएका छन् । युवतीलाई अरोपित जोशीले मङ्सिर १४ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
जोशीपुर गाँउपालिका—७ लुहागडकी ३२ वर्षीया लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति गणेश लुहारलाई पुस ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादको कारण पुस ६ गते राति पति लुहारले कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भजनीमा पुस ६ गते राति नै जानकारी गराएका…
कोभिड १९ को कारण सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्पन्न
डिसिए अन्तर्गत इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को कारण सञ्चार क्षेत्रमा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम पुस ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले कोभिड १९ माहामारीको बेलामा…
मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका मानव अधिकार रक्षकहरुको लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम पुस ६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकको परिभाषा, अधिकार, दायित्व,मानव अधिकार अभिलेखिकरण,…
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
चार वर्षीया बालिकालाई ०७५ माघ २० गते बलात्कार गरेको कसुरमा लम्कीचुहा नगरपालिका—१० का १६ वर्षीय बिवेक चौधरीलाई ०७७ पुस २ गते १२ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाइएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलाशले सो फैसला सुनाएको जिल्ला अदालत,…
टिकापुर घटनाः उच्च अदालतद्वारा रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला
जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते गरेको फैसलालाई सदर गर्दै उच्च अदालत, दिपायलले टिकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालत, दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले पुस २ गते सो फैसला सुनाएको हो । जन्मकैदको सजाय हुनेमा रेशम…