बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई असोज १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–४ डाडाजाइका २० वर्षीय सनिदेवल रानालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले असोज २० गते इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहारलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमर थापाले इन्सेक प्रतिनिधिलाई…
स्वास्थ्य सेवा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोना अन्तर्गत असोज १३ गते स्वास्थ्य सेवा र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कृष्णपुर नगरपलिका–१ निगाली सामुदायिक स्वास्थ्य इकाईमा सम्पन्न भएको छ । निगाली सामुदायिक स्वास्थ्य इकाईका प्रमुख आशा भण्डारीले नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार प्रभावकारी सेवा…
मानव अधिकार रक्षकहरु जोखिममा रहेको निष्कर्ष
मानव अधिकारको संरक्षण र सम्बद्र्धनका क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षकहरु जोखिममा रहेको एक कार्यक्रममा सहभागिहरुले निष्कर्ष निकालेका छन । डिसिएको आर्थिक सहयोग र इन्सेक, कञ्चनपुरको आयोजनमा भदौ २९ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो निष्कर्ष निकालेका हुन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाउँपालिका–५ का २५ वर्षीय मनमोहनसिंह साउदलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित मनमोहनसिंह साउद लगायत पाँच जनाविरुद्ध भदौ २३ गते इलाका प्रहरी कार्यालय, बेल्डाडीमा उजुरी दिएपछि…
मुक्त हलिया परिवारलाई जग्गा धनी प्रमाण–पत्र वितरण
१२ औँ राष्ट्रिय मुक्त हलिया दिवसको अवसरमा ‘क’ श्रेणीको परिचय–पत्र पाएका घर जग्गा नभएका २५ मुक्त हलिया परिवारलाई शुक्लाफाँटा नगरपालिकाले भदौ २१ गते आवासका लागि जग्गा धनी प्रमाण–पत्र वितरण गरेको छ । शुक्लाफाँटा नगरपालिका –१ बन्साहामा ५० लाख रुपियाँमा मुक्त हलिया परिवारका लागि जग्गा खरिद गरीे २५ जना मुक्त हलिया…
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा साउन ७ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । अज्ञात पक्षद्वारा गरिएको आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज–पत्रहरु जलेर नष्ट भएका छन् । कार्यालयको झ्यालको सिसा फुटाएर कार्यालय भित्र प्रवेश गरी अज्ञात पक्षद्वारा कार्यालयमा आगजनी गरिएको वडा सचिव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–४ मालुबेलाका ६६ वर्षीय नरबहादुर भण्डारीलाई असार २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २३ गते भण्डारीले प्रलोभनमा पारी जङ्गल क्षेत्रमा लगेर बलात्कार गरेको जानकारी पाएपछि भण्डारीकाविरुद्धमा प्रहरीमा उजुरी दिएको पीडित बालिकाका काकाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय राम नाथलाई असार १८ गते राति गिरफ्तार गरेको छ । मदिरा सेवन गरी वडाध्यक्ष नाथले असार १८ गते राति आफूमाथि अपशब्द प्रयोग गर्नुको साथै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले ब्रह्मदेव प्रहरी चौक, ब्रह्मदेवमा उजुरी दिएपछि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई असार ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय दाईलाई असार ५ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेकी बालिकालाई राति बलात्कार गरेपछि असार ५ गते नै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडित बालिकाका बुबाले इन्सेक प्रतिनिधिलार्ई फोनबाट बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…