११ तोपको सलामीसहित गोविन्द गौतमको अन्तिम संस्कार

पुर्नवास-८ आनन्दबजार नजिक भारतीय सिमा सुरक्षा वलले चलाएको गोली लागेर मृत्यु भएका गोविन्द गौतमको फागुन २९ गते दोदा नदीमा ११ तोपको सलामीसहित अन्तिम संस्कार गरिएको छ । हिन्दु परम्परा अनुसार गरिएको गौतमको अन्तिम संस्कारमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । सेती अञ्चल अस्पताल धनगढीबाट सुरु भएको शव यात्रा…

March 12, 2017  
प्रदर्शनकारीद्वारा भारतीय नम्बरका सवारीसाधनहरू तोडफोड

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर फागुन २६ गते मृत्यु भएका पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमलाई शहीद घोषणा, दोषीहरूलाई कारबाहीलगायतका माग गर्दे सत्तारुढ एकीकृत नेकपा माओवादी केन्द्रले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ  । आन्दोलनकारीहरूले बन्दको अवज्ञा गरेको भन्दै फागुन २७ गते जिल्ला…

March 10, 2017  
भारतीय सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । भारतीय सिमा सुरक्षा वलको टोलीले पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको कर्ल्भट तोडन खोजेकाले त्यसो नगर्न स्थानियबासीले आग्रह गरेका थिए । हतियार सहित…

March 9, 2017  
विद्यार्थीबिच भएको झडपमा एक घाइते

नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबिच फागुन २१ गते भएको झडपमा नेविसङ्घका कार्यकर्ता भीमदत्त नपा-४ भगतपुरका २४ वर्षीय सुदिप उप्रेती घाइते भएको पीडित पक्षको आरोप छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि फागुन २१ गते भीमदत्त नपा-४ मा दुवै समूहका विद्यार्थीको जम्काभेट हुँदा भएको झडपमा अनेरास्वियुका विद्यार्थीहरूले खुकुरी प्रहार गरी उप्रेतीलाई…

March 5, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय वेलौरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले ०७३ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस ९ गते इलाका प्रहरी कार्यालय, वेलौरीमा उजुरी दिएकी…

February 11, 2017  
अज्ञात समूहद्वारा कलेजमा आगजनी

भीमदत्त नपा-४ महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा माघ २६ गते राति  अज्ञात समूहले आगजनी गरेका छन । ०७३ माघ २६ गते राति ३ बजे आएका ४/५ जनाको अज्ञात समूहले कलेजका चौकीदार दिलबहादुर चौधरीलाई कोठामा थुनेर कलेजको लेखा शाखामा भएका कागजपत्र र सामानहरूमा आगो लगाएका थिए । आगलागीबाट लेखा शाखाका सम्पूर्ण…

February 9, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य…

January 12, 2017  
अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूद्वारा कलेज तोडफोड

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई मोसो दलेका आरोपमा गिरफ्तार गरिएका विद्यार्थीहरूलाई बिना शर्त…

January 11, 2017  
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो । समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द,…

December 29, 2016  
प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा

औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो । औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो…

December 28, 2016