स्थानीय तहको अधिकार र जनप्रतिनिधिहरूको कर्तव्य विषयक कार्यशाला सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्थानीय तहको अधिकार र जनप्रतिनिधिहरूको कर्तव्य विषयक दुई दिने कार्यशाला गोष्ठी कात्तिक २२ गते सम्पन्न भएको छ । मानव अधिकारमैत्री विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरू भुमिकाको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको कार्यशाला गोष्ठीमा स्थानीय तहको अधिकार र जनप्रतिनिधिहरूको कर्तव्य, मानव अधिकार र…

November 8, 2017  
प्रहरीलाई मानव अधिकारसम्बन्धी अनुशिक्षण

इन्सेक कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त आयोजनामा कात्तिक १९ गते वडा प्रहरी कार्यालय अन्तर्गतका प्रहरी पदिक र जुनियर अधिकृतहरुलाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरमा मानव अधिकारसम्बन्धी अनुशिक्षण कायक्रम सम्पन्न गरिएको छ । प्रहरीहरूलाई आधारभुत मानव अधिकारका बारेमा जानकारी दिनका लागि मानव अधिकारसम्बन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालयका…

November 5, 2017  
बेचबिखनका लागि भारत पुर्‍याइएका ६ जना युवतीको उद्धार

भारतको उत्तराखण्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको राससले जनाएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याइएका सिन्धुपाल्चोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो । रुद्रपुर प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो…

October 23, 2017  
चिकत्सकमाथि हातपात भएको विरोधमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द

महाकाली अञ्चल अस्पतालमा असोज २२ गते बिहान ४ बजे मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि भएको हातपातको विरोधमा नेपाल चिकत्सक सङ्घले विज्ञप्ति जारी गर्दै आजदेखि महाकाली अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चतकालिन बन्द गरेका छन । भीमदत्त नपा-१ की २४ वर्षीया सरस्वती विष्टलाई असोज २१ गते प्रसुती व्यथा लागेपछि महाकाली…

October 8, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मानसिक सन्तुलन नभएकी ३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-४ का २६ वर्षीय गजेन्द्र विष्टलाई असोज २० गते गिरफ्तार गरेको छ । भीमदत्त नपा-९ सुकासालमा रहेको झाडीमा महिलालाई जबरजस्ती गर्न खोजिरहेको समयमा स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय महिलाले प्रहरीलाई खबर गरेपछि प्रहरीले आरोपितलाई…

October 7, 2017  
राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न

'बालमैत्री शासनः बाल अधिकारको सम्मान' भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समिति, इन्सेक कञ्चनपुरलगायतका सङ्घ संस्थाहरूले भदौ २९ गते महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा स्टेशनरी वितरण गरेका छन् । यसैगरी बाल अधिकार दिवसको पुर्वसन्ध्यामा इन्सेक कञ्चनपुर र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा वेदकोट…

September 15, 2017  
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन

जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह कञ्चनपुरको भदौ १२ गते सम्पन्न भेलाले अधिवक्ता पुनम सिंह चन्दको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार निगरानी समूह पुनर्गठन भएको छ । मानव अधिकारकर्मीहरूको भेलाले पुनर्गठन गरेको समूहको सदस्यमा जिल्ला बार एशोसियसनका अध्यक्ष भगीरथ जोशी, कोक्यापकी भुवन कुँवर, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती…

August 28, 2017  
अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-३ का कुँवर भदौ ७ गते राति ड्यूटी सकेर घर गइरहेको अवस्थामा मध्यरातमा…

August 25, 2017  
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २७ गते जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरमा सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी राजेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा इन्सेक जिल्ला…

July 11, 2017  
इन्सेक कञ्चनपुरको आयोजनामा निःशुल्क बाली उपचार शिविर सम्पन्न

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूहको आयोजनामा असार २४ गते शङ्करपुर र बेलौरीमा निःशुल्क बाली उपचार शिविर सम्पन्न भएको छ । शङ्करपुर र बेलौरीमा सम्पन्न निःशुल्क बाली उपचार शिविरमा शङ्करपुरका ३५ जना कृषक र बेलौरीका २५ जना कृषकहरूले विभिन्न रोग लागेका बालीहरूको जाँच गराएका थिए । कृषकहरूलाई बालीमा रोग…

July 9, 2017