बेचबिखन तथा ओसारपसार घटनाको फैसला भएको २३ वर्षपछि गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार गरेको छ । ०५२ साल माघ २५ गते ललाईफकाई भारतको दिल्लीमा लगेर बेचबिखन गर्ने कार्यमा सङ्लग्न रहेको कसुरमा ०५४ पुस…
कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार
भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ । फागुन १० गते विद्यालयमा आयोजना गरिएको कबड्डी खेलमा सहभागी हुन नमानेको कारण शिक्षकले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित बालिकाका अभिभावकले जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानालाई फागुन ६ गते गिरफ्तार गरेको छ । फागनु ५ गते विद्यालय भित्रै बालिकामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिवावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा फागुन ६ गते उजुरी दिएका थिए…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न
अनौपचरिक क्षेत्र सेवा केन्द्र(इन्सेक), धनगढी, मानव अधिकार समूह कृष्णपुर र खाद्य अधिकार सञ्जाल कञ्चनपुरको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच सार्वजनिक सुनवाई कार्यक्रम माघ १९ गते कञ्चनपुर जिल्लाको पुर्ववासमा सम्पन्न भएको छ । सार्वजनिक कार्यक्रममा पुर्नवास नगरपालिकाका प्रमुख जिवन थापाले सेवाग्राहीले उठाएका जिज्ञासाको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
डेरामा बस्दैआएकी १७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–३ भाँसीका ४८ वर्षीय पुष्पराज जोशीलाई माघ १४ गते गिरफ्तार गरेको छ । ०७७ माघ १२ गते घरमा कोई नभएको मौका छोपेर आफूलाई बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा कार्यक्रममा प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तृत प्रतिवेदनमा गैरन्यायिक…
हिंसापीडित महिलालाई मानव अधिकार सहायता कोषबाट सहयोग
मानव अधिकार सहायता समिति सुदुरपश्चिम र इन्सेक धनगढीले मङ्सिर १४ गते हिंसापीडित महिलालाई कानुनी सहायताका लागि १० हजार रुपियाँ सहयोग प्रदान गरेको इन्सेक सुदूरपश्चिम प्रदेशका प्रमुख खडकराज जोशीले बताउनु भयो । डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कोषबाट सहयोग गरिएको प्रदेश प्रमुख जोशीले बताउनु भयो । जिल्ला अदालत, कञ्चनपुरमा…
स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न इन्सेकलाई सुझाव
डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले मङ्सिर १४ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागि भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूले स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका…
पीसीआर परीक्षण सहज बनाउन मानव अधिकारकर्मीहरूको माग
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लामा क्रियाशील मानव अधिकार रक्षकहरूले कोभिड–१९ को परीक्षण सहज बनाउन तथा निःशुल्क कोभिड–१९को उपचार व्यवहारमा कार्यान्यवन गर्न माग गरेका छन् । डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले कात्तिक २७ गते महेन्द्रनगरमा आयोजना गरेको मानव…
खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोजना अन्तर्गत खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते कृष्णपुर नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले किसानहरूलाई यहि महिनाभित्र आवश्यक मात्रामा मल…