नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा पुस ७ गते मङ्गलसेनमा सम्पन्न भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीले इन्सेकले लामो समयदेखि मानव अधिकारका क्षेत्रमा अग्रणी रूपमा परिवर्तनशिल काम गरिरहेको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा विश्लेषण गर्नु पर्नेमा जोड…
इन्सेकको सहजिकरणमा अछाममा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजिकरणमा अछाम जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरुको एक भेलाबाट मानव अधिकार रक्षक सञ्जालको जिल्ला तदर्थ समिति गठन गरिएको छ । सोमबार सदरमुकाम मंगलसेनमा भएको भेलाले महिला अधिकारकर्मी दुधकला विष्ट संयोजक रहनेगरी नौ सदस्यीय जिल्ला समिति सहमतिका आधारमा गठन गरिएको हो । समितिको अन्य सदस्यहरूमा अधिवक्ता…
छाउपडी गोठमा मृत्यु भएकी पार्वतीका जेठाजु गिरफ्तार
छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतकका पक्षबाट जाहेरी नआएपनि प्रहरी प्रतिवेदनका आधारमा माथिल्लो निकायको निर्देशनमा रावतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । मृतकका पति भारतमा र सासूससुरा घर…
छाउपडी गोठमा निसास्सिएर एक युवतीको मृत्यु
महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते बिहान छाउपडी गोठमा फेला परेको छ । महिनावारी भएको चौथो दिन मङ्सिर १५ गते खाना खाएर छाउपडी गोठमा सुत्न गएकी पार्वतीको शव भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएको मृतकका जेठाजु छत्र…
चुनाव सकिएलगत्तै अनेरास्वविवयुका नेतामाथि आक्रमण
मेल्लेख गाउँपालिका-५ विन्दवासिनीमा मतदान सकिने बित्तिकै अनेरास्ववियुका नेता २५ वर्षीय गम्भीरसिंह साउदलाई नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमणबाट घाइते भएको पीडित पक्षको आरोप छ । मतदान सकेर जनता माध्यामिक मतदान केन्द्र नजिकै रहेको पसलमा बसेको बेलामा कांग्रेसका कार्यकर्ताको भीडले टाउकोमा हतियारसहित प्रहारपछि साउद गम्भीर घाइते भएका उक्त गाउँपालिका-६ का अध्यक्ष नरपति…
अछामका दुवै मतदान केन्द्र संवेदनशील
यही मङ्सिर १४ गते मेल्लेख गाउँपालिका–५ विन्देवासिनीमा हुने उपनिर्वाचनमा दुवै मतदान केन्द्र संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाका दृष्टिकोणले उक्त वडाको भवानी आधारभुत विद्यालय र जनता मावि (क र ख बुथ) मा रहेको दुवै केन्द्र संवेदशील रहेको विश्लेषण गरिएको हो । जिल्ला सुरक्षा समितिका सदस्य डिएसपी जनकबहादुर…
बलात्कारका कारण १२ वर्षीया बालिका गर्भवति, २२ हप्ताको गर्भ सुरक्षित गर्भपतन
सुस्तमनस्थिति भएकी १२ वर्षीया बालिकाको पाँच महिनाको गर्भ थापाथलीस्थित प्रसूति गृहमा कात्तिक २२ गते गर्भपतन गराइएको छ । बलात्कारबाट पाँच महिनाअघि रहेको २२ महिनाको बच्चा जन्माउन नसक्ने र स्वास्थ्यमा गम्भीर जोखिम हुने भएकाले अस्पताल गर्भपतन गराएको बालिकासँगै रहेकी प्रहरी जवान देवकी विष्टले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते दिएको उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरी घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्गलसेन नगरपालिका–१ कुन्तीबण्डालीका २० वर्षीय एकिन्द्र कुँवर रानालाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ । तुर्माखाँद गाउँपालिकास्थित मेलामा कात्तिक १० गते गएको बेलामा पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पाँच महिनाअघि दुई पटक बलात्कार गरी गर्भ रहन गएको भन्दै पीडित पक्षले असोज ६ गते प्रहरीमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी…