घाउ बल्झाउने काम मात्रै भयोः बेपत्ता परिवार

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको अवस्थामा सल्यानका बेपत्ता व्यक्तिका परिवारले राज्यले पुरानो घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा राज्य र बिद्रोही माओवादी दुवै पक्षबाट बेपत्ता पारिएका आफन्तहरूले राज्यले पीडितहरूको घाउमा मल्हम लगाउनुको सट्टा घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका हुन् । उनीहरूले…

August 31, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीविरूद्ध पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

August 28, 2018  
बलात्कार घटनामा कैद सुनाइएका व्यक्ति २५ वर्षपछि गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको घटनामा अदालतले दोषी ठहर गरी कैद सजाय सुनाइएका शारदा नपा-४ का ५७ वर्षीय अर्जुनकुमार केसीलाई प्रहरीले घटना भएको २५ वर्षपछि भदौ ४ गते गिरफ्तार गरेको छ । केसीले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सल्यानले ०५० भदौ १६ गते ३ महिना १८ दिन कैद सजायको…

August 22, 2018  
बन्दको उल्लङ्घन गरेको आरोपमा मोटरसाइकल तोडफोड

बन्दको उल्लङ्घन गरेको आरोपमा रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको मोटरसाइकल नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले साउन २९ गते तोडफोड गरेको प्रहरीले जनाएको  छ । लुहामबाट श्रीनगरतर्फआउँदै गर्दा छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोला नजिकै चार जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकल रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ…

August 15, 2018  
विवाह गर्ने उमेर अघि नै सम्बन्ध विच्छेद !

विवाह गर्ने उमेर अघि नै समाजमा सम्बन्ध विच्छेदका घटना बढदै आएको जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा सम्बन्ध विच्छेदका १ सय १ र अंशसहित सम्बन्ध विच्छेदका ३२ गरी १ सय ३३ थान मुद्दा परेको जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले जानकारी दिए । जिल्ला न्यायाधीश धामीका अनुसार…

July 14, 2018  
प्रहरीको सक्रियतामा बालविवाह रोकियो

प्रहरीको सक्रियतामा असार १८ गते बालविवाह रोकिएको छ । कुमाख गाउँपालिकामा भइरहेको बाल विवाहको जानकारी पाए लगत्तै विवाह मण्डपमै गएर प्रहरीले बालविवाह रोकेको हो । कुमाख गाउँपालिकाका १७ वर्षीय बालक र दार्मा गाउँपालिकाकी १८ वर्षीया युवतीबिच हुँदै गरेको जानकारी पाए लगत्तै प्रहरी परिचालन गरी दुवै पक्षका अभिभावकलाई प्रहरीचौकिमा उपस्थित गराई…

July 2, 2018  
६ महिनामा ८० प्रतिशत महिला हिंसाका घटना

सल्यान जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामध्ये ८० प्रतिशत भन्दा बढी घटनाहरू महिला हिंसाका देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ७ गते ६ महिनामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो । बितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा…

June 22, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…

June 20, 2018  
बालविवाह, बलात्कार र सम्बन्ध विच्छेद मानव अधिकारका लागि चिन्ताको विषय

जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले बालविवाह, बहुविवाह, बलात्कार, सम्बन्ध विच्छेद जस्ता घटना सल्यान जिल्लाको मानव अधिकारको लागि चिन्ताको विषय बनेको बताएका छन् । जिल्लाको मानव अधिकारको अवस्थाबारे बुझ्न सल्यान आएको इन्सेक कार्यालय नेपालगञ्जको टोलीसँगको छलफलमा न्यायाधीश धामीले एक वर्षमा सल्यान जिल्ला अदालतमा ३ सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दाहरू आउने…

June 1, 2018  
नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा ६ प्रमुख सहित १३ जनप्रतिनिधिलाई धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले 'भ्रष्टाचारी' भन्दै तीन जना नगरपालिकाका प्रमुख र तीन जना गाउँपालिकाका अध्यक्षसहित १३ जना जनप्रतिनिधिलाई धम्की दिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनता सामु माफी माग्न सो पार्टीको जिल्ला जनपरिषद्ले जेठ ७ गते सार्वजनिक अपिल गरेको…

May 23, 2018