दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा समस्या भएको छ । अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको चाप बढ्दै गएपनि दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या भएको हो । जिल्ला अस्पतालमा उपचारका लागी दैनिक १ सय ५० देखि २ सय जनासम्म बिरामीहरू जाने गरेपनि अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती…

October 20, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको तथा गराएको आरोपमा प्रहरीले सल्यानबाट सातजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा १५ वर्षीय बेहुला र १४ वर्षीय बेहुली सहित उनीहरूका आमाबुवा र पण्डित रहेका छन् । विवाह भइरहेको जानकारी पाएपछि प्रहरीले असोज २६ गते कपुरकोट गाउँपालिका–५ जामुने बस्ने बेहुलाबेहुली र बेहुलाका ५३ वर्षीय बुवा, ५० वर्षीया आमा,…

October 16, 2019  
सल्यानका कैदीबन्दीका लागी निःशुल्क स्वास्थ्य शिविर

सल्यान जिल्ला कारागारका कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । असोज २६ गते आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८० भन्दा बढि कैदीबन्दीले स्वास्थ्य परीक्षण गरेका थिए । कैदीबन्दीहरूले उच्च रक्तचाप, न्यून रक्तचाप, पिसाव परीक्षण, रगत परीक्षण, मानसिक समस्या, भाइरल ज्वरो सुगरलगायतका समस्याहरुको परीक्षण गरेका थिए । उनीहरूको…

October 14, 2019  
प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले  असोज २२ गते गिरफ्तार गरेको छ । घरमै निर्माण गरेको कटुवा पेस्तोल सहित उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले बताए । बनगाड कुपिण्डे नगरपालिका–४ च्युरा शितलनेटाबाट वादीलाई गिरफ्तार गरी २२ गते…

October 11, 2019  
अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

शिद्द कुमाख गाउँपालिकाको गाडीमा भदौ २८ गते राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरिराखेको अवस्थामा राति साढे ११ बजे उक्त गाडीमा आगजनी भएको स्थानीयले  बताएका छन् । टाटा कम्पनीको रा १ झ १०७०…

September 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिद्धकुमाख गाउँपालिका–१ बाझकाँडाका २३ वर्षीय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको जनाएको छ ।   पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार गरेको भनेर ती महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको खोजी कार्य गरेको थियो ।   पीडित महिलाको स्वास्थ्य परीक्षण सोही…

September 16, 2019  
सल्यानका वडा कार्यालयमा प्रतिबन्धित नेकपाको भित्ते लेखन !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरूमा भित्ते लेखन गरेको छ ।   ‘विप्लव दाइ जिन्दावाद, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद’ भन्दै भित्ते लेखन गरेको वडा कार्यालयले जनाएको छ ।   दार्मा गाउँपालिका–१ को वडा कार्यलय र सोही ठाउँमा रहेको स्वास्थयचौकी, कुमाख…

September 16, 2019  
शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठन प्रभावित

सिद्धकुमाख गाउँपालिका-३ कुइयाँझोलमा रहेको देउराली माध्यामिक विद्यालयमा गणित शिक्षक नहुँदा दुई महिनादेखि कक्षा नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । विगत दुई महिनादेखि गणित शिक्षक नभएको र शिक्षक राख्न भन्दै विद्यालय प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यार्थी वेदबहादुर बोहराले बताए । बोहराले गणित शिक्षक नहुँदा कक्षा ७ देखि…

September 9, 2019  
अपाङ्गता भएका व्यक्तिको हातमा हथौडा र दैनिकी गिट्टीसँग

खेतीपाती गरौँ शरीरले साथ दिँदैन । जन्मजातनै दुवै गोडा नभएका कारण साँझ बिहानको छाक टार्न धौधौ पर्छ उनलाइ । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक ६ सय रुपियाँले घर चल्न नसकेपछि गिट्टी कुट्नु पर्ने बाध्यता छ उनको । खेतीयोग्य केही जमीन भएपनि बैशाखीको साहारामा हिँडडुल गर्ने गरेका उनले…

September 8, 2019  
बालविवाह गरेको कसुरमा जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबाना

बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते तीन जनालाई जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।   १८ वर्षीया बेहुली, बेहुलाकी ५४ वर्षीया आमा र शारदा नपा–४ पिपलनेटा बस्ने ६६ वर्षीय पण्डित अशोक गौतमलाई जिल्ला अदालतले सो…

September 5, 2019