शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठन प्रभावित

सिद्धकुमाख गाउँपालिका-३ कुइयाँझोलमा रहेको देउराली माध्यामिक विद्यालयमा गणित शिक्षक नहुँदा दुई महिनादेखि कक्षा नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । विगत दुई महिनादेखि गणित शिक्षक नभएको र शिक्षक राख्न भन्दै विद्यालय प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यार्थी वेदबहादुर बोहराले बताए । बोहराले गणित शिक्षक नहुँदा कक्षा ७ देखि…

September 9, 2019  
अपाङ्गता भएका व्यक्तिको हातमा हथौडा र दैनिकी गिट्टीसँग

खेतीपाती गरौँ शरीरले साथ दिँदैन । जन्मजातनै दुवै गोडा नभएका कारण साँझ बिहानको छाक टार्न धौधौ पर्छ उनलाइ । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक ६ सय रुपियाँले घर चल्न नसकेपछि गिट्टी कुट्नु पर्ने बाध्यता छ उनको । खेतीयोग्य केही जमीन भएपनि बैशाखीको साहारामा हिँडडुल गर्ने गरेका उनले…

September 8, 2019  
बालविवाह गरेको कसुरमा जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबाना

बालविवाह गरेको र बाल विवाहमा संलग्न रहेको कसुरमा जिल्ला अदालत, सल्यानले भदौ १८ गते तीन जनालाई जनही दुई महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।   १८ वर्षीया बेहुली, बेहुलाकी ५४ वर्षीया आमा र शारदा नपा–४ पिपलनेटा बस्ने ६६ वर्षीय पण्डित अशोक गौतमलाई जिल्ला अदालतले सो…

September 5, 2019  
प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी कार्यकर्तासँगै तीनजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट दुईजना विद्यार्थी र एकजना व्यापारीलाई प्रहरीले भदौ २ गते बेलुकी श्रीनगर बजारबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठन जिल्ला सदस्यद्वय बागचौर नपा-५ निवासी १९ वर्षीय महेश कुमार विक र शारदा नपा-१३ स्यानीखाल निवासी १८ वर्षीय सुरेश…

August 20, 2019  
प्रतिबन्धित नेकपाद्वारा ६ रोपनी जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले छत्रेश्वरी गाउँपालिका–६ लान्तीमा रहेको जग्गा कब्जा गरेको भन्दै झण्डा र ब्यानर गाडेको छ । खैराबाङ मन्दिरको नाममा रहेको ६ रोपनी जग्गालाई नेकपाको जिल्ला जनपरिषद् सल्यानले साउन ३२ गते राति आफ्नो नियन्त्रणमा लिएको भनी झण्डा र ब्यानर गाडेको हो । तर, ब्यानर गाडिएको…

August 18, 2019  
प्रतिबन्धित नेकपा सम्बद्ध विद्यार्थी कार्यकर्ता गिरफ्तार

बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा सम्बद्ध अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका कुमाख गाउँपालिका इञ्चार्जलाई साउन २७ गते श्रीनगरबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा कुमाख गाउँपालिका-६ बडागाउँ बस्ने १९ वर्षीय अनिल बिक रहेका छन् । बिकले सोही गाउँपालिकामा असार ९ गते सिलिण्डर बम विष्फोट गराएको…

August 13, 2019  
बालविवाह: साढे ४ सय बालिका बने आमा, २० वर्ष नपुग्दै पाठेघरको समस्या

भर्खर १६ वर्षमा टेकेकी शारदा नगरपालिका–१० की हिरामाया (नाम परिवर्तन) लाई केही दिन पहिले जिल्ला अस्पताल सल्यानमा जन्मिएकी छोरीको हेरचाह गर्न निकै धौ–धौ छ । १४ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा परिवारले बिहे गरिदिएपछि आफ्नो दुःखका दिन सुरू भएको उनलाई महसुस भएको छ । ‘केटापक्षले जति पढ्न मन…

August 12, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जवाँईलाई साउन १५ गते गिरफ्तार गरेको छ ।   अपाङ्गता भएकी दिदी सासूलाई आरोपितले साउन १४ गते बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   घटना बारे थाहा पाएपछि पीडितका भाइ बुहारीले पीडितलाइ लिएर जिल्ला अदालत सल्यानमा मुद्दा दायर…

August 2, 2019  
बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन अर्को जिल्ला पुग्नुपर्छ

कुमाख गाउँपालिका-१ स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको छ । सो गाउँपालिकाका गर्भवती महिलालाई सुरक्षित रूपले सुत्केरी गराउनका लागि स्टेचरमा बोकेर छिमेकी जिल्ला रुकुम जानुपर्ने बाध्यता रहेको छ । 'यहाँ रहेको स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा नभएकाले गर्भवती महिलालाई सुत्केरी गराउन चार/पाँच घण्टा बोकेर छिमेकी जिल्ला…

July 17, 2019  
बाल क्लबको सक्रियतामा बालविवाह रोकियो

बाल क्लबको सक्रियतामा हुँदै गरेको एउटा बालविवाह रोकिएको छ । कुमाख गाउँपालिका-६ बडागाउँका १७ वर्षीय बालक र दार्मा गाउँपालिका की १७ वर्षीया बालिकाबीच असार २८ गते हुन लागेको बालविवाह रोकिएको हो । बालविवाह हुँदै गरेको जानकारी पाएपछि वडास्तरीय बालक्लब गएर विवाह रोकेको क्लबका अध्यक्ष युवराज खड्काले बताए । 'बालविवाह हुन…

July 15, 2019