शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक हड्तालका कारण बागचौर नगरपालिका अन्तर्गत लिइएको अन्तिम परीक्षा नै स्थगित छ । वार्षिक परीक्षा सञ्चालन भइरहेको बागचौर नगरपालिका अन्तर्गतका सबै विद्यालयमा परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ । बन्दका कारणले…

March 17, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । आरोपितहरूलाई खैरावाङ्ग मन्दिर परिसरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार हुनेमा बेहुला शारदा नपा–२ मेलघारी बस्ने २०…

March 15, 2019  
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

तुल्सीपुरमा कार्यक्रम स्थलबाट नै आफ्ना कार्यकर्ता फागुन २१ गते गिरफ्तार गरेको विरोध तथा रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले फागुन २३ गते आह्वान गरेको बन्दाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्द अवज्ञा गरेको आरोपमा सो पार्टीका कार्यकर्ताले फागुन २३ गते दुईओटा सवारीसाधनमा तोडफोड र तोडफोडको प्रयास…

March 8, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ३१ वर्षीया महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–४ निवासी १९ वर्षीय विशाल घर्तीलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले शिवरात्रीका दिन फागुन २० गते बलात्कार प्रयास गरेको स्थानीयबासीले जानकारी दिएपछि प्रहरीले घरैबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गिरीराज भण्डारीले…

March 8, 2019  
क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाई

जिल्ला कारागार सल्यानमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय १५ जना कैदीबन्दी छन् । क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेकोमा आठ ओटा कोठामा बसिरहेको नाइके राजु भण्डारीले बताए । ‘कैदीबन्दीहरू दिनानुदिन बढ्दै आइरहेका छन् ।’–उनले भने–‘एउटै कोठामा कोच्चिएर धेरै कैदीबन्दी बस्नु परेको छ…

March 8, 2019  
दलित भनेर बुहारीलाई घर निकाला गरेको आरोपमा सासूससुरा गिरफ्तार

तल्लो जातकी कमिनी भनी हेला गरी बुहारीलाइ घर निकाला गरेको आरोपमा सासू र ससुरालाई प्रहरीले गिरफ्तार  गरेको छ । कुमाख गाउँपालिका–६ च्याउखोलाकी २० वर्षीया एलिसा बिकलाइ तल्लो जातकी भनी घर निकाला गरेको आरोपमा ४५ वर्षीय ससुरा युद्धवीर रावत र ४२ वर्षीया सासू पीमकली रावतलाई फागुन ४ गते घरैबाट गिरफ्तार  गरेको…

February 17, 2019  
अन्तरजातीय विवाहपछि हिंसामा परेकी महिलालाई न्यायका लागि इन्सेकको पहल

अन्तरजातीय विवाह गरेका कारण घर निकाला गरिएकी कुमाख गाउँपालिका–६ च्याउखोला निवासी २० वर्षीया एलीसा बिकलाई इन्सेकले न्यायका लागि पहल गरेको छ । एलीसाले ०७३ सालमा २२ वर्षीय टिकाराम रावतसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । विवाह भएको केही महिनापछि घर परिवार र पतिले समेत हेला गर्दै आएको उनले पीडा पोखिन्…

February 15, 2019  
बलात्कारको झुठा आरोप सहित मुद्दा दायर गरेको कसुरमा ३ हजार जरिबाना

बलात्कार गरेको भन्दै झुठो मुद्दा दिएको कसुरमा एक महिलालाई माघ १६ गते जिल्ला अदालतको आदेशले ३ हजार जरिबानाको फैसला सुनाएको छ । बागचौर नपा–८ निवासी २२ वर्षीया एक महिलाले ०७५ जेठ २९ गते एक प्रहरी जवानले आफूलाई बलात्कार गरेको भन्दै दिएको जाहेरी खण्डन हुने गरी बकपत्र भएको देखिएपछि अदालतले ति…

January 31, 2019  
शिक्षक कोठामा थुनिएपछि विद्यार्थीलाई कुटपिट

कुमाख गाउँपालिका–२ रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई सोही विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ । आउँदै गरेको एसइइको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई माघ १७ गते कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते…

January 31, 2019  
कारागारबाट भागेका कैदी १८ वर्षपछि गिरफ्तार

आमाको हत्यापछि कारागारमा कैद सजाय भोगिरहेका बनगाड कुपिण्डे नपा–९ स्वाराका ३६ वर्षीय एकेन्द्रबहादुर खड्कालाई कारागारबाट भागेको १८ वर्षपछि प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ । २०५६ सालमा आमा सुईतीकुमारी खड्कालाई खुकुरी प्रहार गरेको अभियोग लागेका खड्कालाई सल्यान जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वस्वसहित जन्मकैदको सजाय पाएका…

January 29, 2019