वडा कार्यालयमा भएको राजश्वको रकम चोरी

शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् । राजश्वबाट उठेको रकम करिब २२ हजार जति कार्यालयमा रहेको र रातको समयमा ताला फोडेर  सो रकम चोरी भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । घटनास्थलमा बिहानैदेखि प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ…

April 29, 2019  
हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता

पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् । ३५ वर्षीय पति कमलबहादुर नेपाली हाल ललितपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरत छन् । पतिले दोस्रो विवाह गरेको थाहा पाएपछि…

April 20, 2019  
कुपिण्डे तालको बालुवामा पढाइ खर्च खोज्दै बालबालिका

बनगाड कुपण्डिे नगरपालिका भित्रका अधिकांश बालबालिकाहरू बालुवा बोकेर पढाइ खर्च जुटाउने गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण कापी कलमको जोहो गर्न बालुवा बोक्ने गरेको बालबालिकाहरू बताउँछन् । नवज्योति आधारभुत विद्यालय ज्यामिरे अँधेरी र महादेव आधारभुत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जन बढी बालबालिकाहरू विद्यालय समय बाहेक कुपिण्डे तालको बगरमा बालुवा चाल्दै…

April 4, 2019  
विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । हाल सल्यानको कपुरकोटमा बस्दै आएका ओलीलाई चैत १९ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । प्रहरी हिरासतमा रहेका ओलीविरूद्ध…

April 3, 2019  
विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तीकारीका नेता गिरफ्तार

बागौचर नगरपालिका –९ निवासी अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष २५ वर्षीय भीमबहादुर वलीलाइ सोही नगरपालिका–२ बागचौर बजार बाट चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष समेत रहेका वलीलाइ फागुन ११ गते कपुरकोट नजिकै ट्रक र जीपमा तोडफोडमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी…

March 24, 2019  
शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक हड्तालका कारण बागचौर नगरपालिका अन्तर्गत लिइएको अन्तिम परीक्षा नै स्थगित छ । वार्षिक परीक्षा सञ्चालन भइरहेको बागचौर नगरपालिका अन्तर्गतका सबै विद्यालयमा परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ । बन्दका कारणले…

March 17, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । आरोपितहरूलाई खैरावाङ्ग मन्दिर परिसरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार हुनेमा बेहुला शारदा नपा–२ मेलघारी बस्ने २०…

March 15, 2019  
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

तुल्सीपुरमा कार्यक्रम स्थलबाट नै आफ्ना कार्यकर्ता फागुन २१ गते गिरफ्तार गरेको विरोध तथा रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले फागुन २३ गते आह्वान गरेको बन्दाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्द अवज्ञा गरेको आरोपमा सो पार्टीका कार्यकर्ताले फागुन २३ गते दुईओटा सवारीसाधनमा तोडफोड र तोडफोडको प्रयास…

March 8, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ३१ वर्षीया महिलालाइ बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–४ निवासी १९ वर्षीय विशाल घर्तीलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले शिवरात्रीका दिन फागुन २० गते बलात्कार प्रयास गरेको स्थानीयबासीले जानकारी दिएपछि प्रहरीले घरैबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गिरीराज भण्डारीले…

March 8, 2019  
क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाई

जिल्ला कारागार सल्यानमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय १५ जना कैदीबन्दी छन् । क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेकोमा आठ ओटा कोठामा बसिरहेको नाइके राजु भण्डारीले बताए । ‘कैदीबन्दीहरू दिनानुदिन बढ्दै आइरहेका छन् ।’–उनले भने–‘एउटै कोठामा कोच्चिएर धेरै कैदीबन्दी बस्नु परेको छ…

March 8, 2019