बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जवाँईलाई साउन १५ गते गिरफ्तार गरेको छ ।   अपाङ्गता भएकी दिदी सासूलाई आरोपितले साउन १४ गते बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   घटना बारे थाहा पाएपछि पीडितका भाइ बुहारीले पीडितलाइ लिएर जिल्ला अदालत सल्यानमा मुद्दा दायर…

August 2, 2019  
बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन अर्को जिल्ला पुग्नुपर्छ

कुमाख गाउँपालिका-१ स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको छ । सो गाउँपालिकाका गर्भवती महिलालाई सुरक्षित रूपले सुत्केरी गराउनका लागि स्टेचरमा बोकेर छिमेकी जिल्ला रुकुम जानुपर्ने बाध्यता रहेको छ । 'यहाँ रहेको स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा नभएकाले गर्भवती महिलालाई सुत्केरी गराउन चार/पाँच घण्टा बोकेर छिमेकी जिल्ला…

July 17, 2019  
बाल क्लबको सक्रियतामा बालविवाह रोकियो

बाल क्लबको सक्रियतामा हुँदै गरेको एउटा बालविवाह रोकिएको छ । कुमाख गाउँपालिका-६ बडागाउँका १७ वर्षीय बालक र दार्मा गाउँपालिका की १७ वर्षीया बालिकाबीच असार २८ गते हुन लागेको बालविवाह रोकिएको हो । बालविवाह हुँदै गरेको जानकारी पाएपछि वडास्तरीय बालक्लब गएर विवाह रोकेको क्लबका अध्यक्ष युवराज खड्काले बताए । 'बालविवाह हुन…

July 15, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले असार २६ गते एकजोडी सहित चारजनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा बालविवाह भएको खबर पाएपछि शारदा नपा–४ पिपलनेटाकी १८ वर्षीया युवती, १७ वर्षीय बालक र ६५ वर्षीया बालिकाकी आमालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । असार २६ गते भएको सो विवाह गराउने…

July 13, 2019  
स्थानीय तहमा हाम्रो सुनुवाइ भएनः दलित जनप्रतिनिधि

स्थानीय तहमा निर्वाचित दलित प्रतिनिधिहरूले आफ्ना कुराको सुनुवाइ नै नभएको गुनासो गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमा निर्वाचित भएका अधिकांश दलित जनप्रतिनिधिहरूले स्थानीय तहमा निर्वाचित भएयता काम गर्ने क्रममा आफ्नो कुराको सुनुवाइ नै नभएको बताएका हुन् । स्थानीय तहमा दलित समदायको प्रतिनिधित्व गर्दै नेतृत्व गरेपनि दलितहरूको उत्थानका लागि…

July 11, 2019  
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सल्यान जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले असार १७ गते सदरमुकाममा आयोजित कार्यक्रममा पछिल्लो ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत…

July 3, 2019  
सिलिण्डर विष्फोटमा संलग्नताको आरोपमा एक विद्यार्थी गिरफ्तार

सिलिण्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलार्इ गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६ वडागाउँमा सिलिण्डर विष्फोट भएको थियो । सोही घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले कुमाख गाउँपालिका-६ वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई…

June 26, 2019  
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । आगजनीबाट कार्यालयमा रहेका कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेशिन, सोलार प्यानल, कुर्सी, कार्पेटलगायत सम्पुर्ण सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए । आगजनीको सूचना पाएपछि घटनास्थलमा इलाका…

June 19, 2019  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । नवजात शिशुको हत्या भएको बारेमा स्थानीयले प्रहरीलाइ खबर गरेपछि आरोपित आमालाई प्रहरीले गिरफ्तार गरेको हो । शिशुको शव सोही ठाउँको जङ्गलमा पुरिएको अवस्थामा फेला परेको थाहा पाएपपिछ इलाका प्रहरी…

May 31, 2019  
छोरी हत्या गरेको अभियोगमा आमा गिरफ्तार

सात महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । आरोपितले छोरी जानकीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई गिरफ्तार गरेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको…

May 29, 2019