कुटपिट घटनाका आरोपित पति गिरफ्तार
शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ४ गते राति मात्रै तीन पटक कुटपिट गरेको र बल्लतल्ल भाग्न सफल भएको बताउँदै उनले…
इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार
सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ । ०७६ वैशाख २९ गते घरबाट निस्किएको र जेठ ३ गतेसम्म रुकुममा होटलमा काम गरी बसेको बताउँदै उनले जेठ ४ गते सल्यानमा आइपुगेको सुनाइन्…
बालविवाह घटनाका आरोपित गिरफ्तार
बालविवाह गरेको आरोपमा प्रहरीले तीनजनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । शारदा नपा –६ मदमकाँडा बस्ने बेहुला १९ वर्षीय भुपेन्द्र केसी, बेहुली १५ वर्षीया बालिका र बेहुुलाका ३३ वर्षीय बुबा दलबहादुर खत्रीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको हो । सोही दिन बिहान बालविवाह भइरहेको खबर पाएपछि प्रहरी घटनास्थल…
खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित
बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् । निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न समेत बाध्य भएका छन्् । बनगाड कुपिण्डे नगरपालिकाभित्र रहेका उच्च बस्तीमा खानेपानीको स्रोत नहुँदा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भतिजो नाता पर्ने ४० वर्षीय व्यक्तिलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २२ गते प्रहरीमा उजुरी दिएकी थिइन् । घरकै भतिजोले बलात्कार गरेपछि समाजको डरले प्रहरीमा नआएको बताउँदै उनले पतिले घर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागचौर नपा–९ कुइयाबारीका २५ वर्षीय दिपेन्द्र ओलीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले वैशाख १८ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलार्य वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भनी पीडित पक्षले वैशाख १९ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । पीडित बालकाको स्वास्थ्य…
६ महिना देखि २ हजार ५ सयभन्दा बढी नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
बनगाड कुपिण्डे नगरपालिकामा विगत ६ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नगरिँदा लक्षित वर्ग समस्यामा परेका छन् । विगत ६ महिना यता भत्ता नपाएपछि निकै समस्या परेको बनगाड कुपिण्डे नपा–५ चिउराका ८० वर्षीय पुरणसिं नेपालीले दुखेसो पोखे । बुढेसकालमा त्यही भत्ताले जीवन यापन गर्दै आएको बताउँदै उनले भने–‘यस पटक भने…
वडा कार्यालयमा भएको राजश्वको रकम चोरी
शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् । राजश्वबाट उठेको रकम करिब २२ हजार जति कार्यालयमा रहेको र रातको समयमा ताला फोडेर सो रकम चोरी भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । घटनास्थलमा बिहानैदेखि प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ…
हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता
पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् । ३५ वर्षीय पति कमलबहादुर नेपाली हाल ललितपुरस्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरत छन् । पतिले दोस्रो विवाह गरेको थाहा पाएपछि…