अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । आगजनीबाट कार्यालयमा रहेका कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेशिन, सोलार प्यानल, कुर्सी, कार्पेटलगायत सम्पुर्ण सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए । आगजनीको सूचना पाएपछि घटनास्थलमा इलाका…

June 19, 2019  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । नवजात शिशुको हत्या भएको बारेमा स्थानीयले प्रहरीलाइ खबर गरेपछि आरोपित आमालाई प्रहरीले गिरफ्तार गरेको हो । शिशुको शव सोही ठाउँको जङ्गलमा पुरिएको अवस्थामा फेला परेको थाहा पाएपपिछ इलाका प्रहरी…

May 31, 2019  
छोरी हत्या गरेको अभियोगमा आमा गिरफ्तार

सात महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । आरोपितले छोरी जानकीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई गिरफ्तार गरेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको…

May 29, 2019  
विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको छ । बागचौर नगरपालिकामा सिलिन्डिर बम विष्फोट गराएको आरोपमा जिल्ला कमिटी सदस्य बागचौर नगरपालिका–१० मोख्लाका ४५ वर्षीय गिर्दल बस्नेत र सोही नगरपालिका–६ कोटवाराका २१ वर्षीय सेजन चन्दलाइ प्रहरीले गिरफ्तार गरेको जनाएको छ । सेजन चन्द…

May 29, 2019  
बालबालिकाको विवादको विषयलाई लिएर अभिभावकबाट कक्षाकोठामै विद्यार्थी कुटिए

दार्मा गाउँपालिका-६ स्थित ज्यामिरेमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रहरू सात वर्षीय समीर बिक र कक्षा २ मा अध्ययनरत् सात वर्षीय खिमबहादुर बिकलाई अभिभावकले कक्षाकोठामै गएर कुटपिट गरेका छन् । सोही विद्यालयमा बाल विकासमा अध्ययनरत चार वर्षीय छोरा लक्ष्मण पाण्डेलाई कुटपिट गर्नुका साथै धम्की दिएको भन्दै आमा…

May 27, 2019  
विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनका उपाध्यक्ष गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका सल्यान जिल्ला उपाध्यक्ष १९ वर्षीय डम्मर चलाउनेलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको छ । सिद्ध कुमाख गाउँपालिका–२ भडारे निवासी चलाउनेलाइ सार्वजनिक हित विरूद्दको कसुर अन्तर्गत प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा गिरप्mतार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पञ्चलाल…

May 27, 2019  
कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ४ गते राति मात्रै तीन पटक कुटपिट गरेको र बल्लतल्ल भाग्न सफल भएको बताउँदै उनले…

May 20, 2019  
इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार

सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ । ०७६ वैशाख २९ गते घरबाट निस्किएको र जेठ ३ गतेसम्म रुकुममा होटलमा काम गरी बसेको बताउँदै उनले जेठ ४ गते सल्यानमा आइपुगेको सुनाइन्…

May 19, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको आरोपमा प्रहरीले तीनजनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । शारदा नपा –६ मदमकाँडा बस्ने बेहुला १९ वर्षीय भुपेन्द्र केसी, बेहुली १५ वर्षीया बालिका र बेहुुलाका ३३ वर्षीय बुबा दलबहादुर खत्रीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको हो । सोही दिन बिहान बालविवाह भइरहेको खबर पाएपछि प्रहरी घटनास्थल…

May 11, 2019  
खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित

बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् । निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न समेत बाध्य भएका छन्् । बनगाड कुपिण्डे नगरपालिकाभित्र रहेका उच्च बस्तीमा खानेपानीको स्रोत नहुँदा…

May 10, 2019