सप्तरी

काकीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा ३९ वर्षीय भतिजा शत्रुघ्न मण्डललाई जिल्ला अदालत सप्तरीले माघ २८ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले मण्डललाई जन्मकैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए । मण्डल ०७१ चैत २२ गतेदेखि पुर्पक्षका....

Post Update :February 13, 2019,  
घरेलु हिंसापीडित महिलाद्वारा सासू, ससुराविरुद्ध उजुरी

कञ्चनरुप नपा–६ घोघनपुरकी ३० वर्षीया इशुकुमारी चौधरीलाई हिंसा गरेको आरोपमा ५५ वर्षीय ससुरा बच्चुलाल चौधरी, ५२ वर्षीया सासू चन्द्रिकादेवी चौधरी, ३० वर्षीया देवरानी रिसिका चौधरी र २७ वर्षीया नन्द निर्मलादेवी चौधरीविरूद्ध माघ २८ गते अदालतमा घरेलु हिंसाको उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपमा माघ १४ गते र कञ्चनरूप नगरपालिकाको न्यायिक समितिमा माघ २२ गते उज....

Post Update :February 12, 2019,  
बलात्कार घटनाका आरोपितलाई ६ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–२ का ३२ वर्षीय मोहम्मद सबिरलाई अदालतले माघ २८ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपितलाई ६ वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए । चकलेट किनदिने प्रलोभन देखाएर....

Post Update :February 11, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–७ का २२ वर्षीय शिवदत्त मण्डललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । बलात्कार गरी भाग्ने क्रममा माघ २५ गते राति पीडितका परिवारका सदस्यहरूले उनलाई पीडितकै घरबाट नियन्त्रणमा लिएका थिए । प्रहरीले पीडितको घरबाट आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रा....

Post Update :February 10, 2019,  
औषधि अभावका कारण कालाजार सङ्क्रमितले उपचार पाएनन्

कालाजारका बिरामी छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३५ वर्षीय मधुराम सदाले औषधि अभावका कारण उपचार गर्न पाएका छैनन् । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले निःशुल्क उपचारको घोषणा गरेपनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विशेष जाँच र आवश्यक औषधिको अभावका कारण सदाको उपचार हुन नसकेको हो । ....

Post Update :February 10, 2019,  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई माघ २५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले राउतलाई आठ वर्ष कैद सजाय गर्नुका साथै पीडकबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार ....

Post Update :February 9, 2019,  
नेविसङ्घका कार्यकर्ताद्वारा सरकारी मोटरसाइकल तोडफोड

सरकारी मोटरसाइकल को ३ ब १४३० नम्बरको मोटरसाइकल नेविसङ्घका कार्यकर्ताले माघ १९ गते राजविराजमा तोडफोड गरेका छन् । राजविराज नगरपालिकास्थित सहिद दशन चोकमा गुडिरहेको मोटरसाइकलमा दिउँसो नेविसङ्घका कार्यकर्ताले लाठीले हिर्काएर तोडफोड गरेका हुन् । तोडफोडले मोटरसाइकलको अगाडिको भाग, दुवै ऐना र सबै लाइटहरू फुटेका छन् । मोटरसाइकललाई थप क्षतिबाट जोगाउन प्रहरीले नियन्त्रणमा....

Post Update :February 3, 2019,  
छोरीको हत्या गरेको आरोपमा बाबु गिरफ्तार, आमा फरार

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु तुरून्तलाल बडहीलाई माघ १५ गते गिरफ्तार गरेको छ । बालिकाको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा माघ १४ गते राति घरमा भेटिएपछि प्रहरीले हत्याको आशङ्का गर्दै घरबाटै मृतकका बाबुलाई गिरफ्तार गरेको हो । मृतककी आमा फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतल....

Post Update :January 31, 2019,  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा छिन्नमस्ता गापा–३ महुवाका २० वर्र्षीय प्रभुकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयले माघ १५ गते उजुरी दर्ता गरेको छ । मामाघर पुगेकी बालिकालाई बारीमा दाउरा लिन गएका बेला आरोपितले ०७५ माघ १४ गते बलात्कार गरेको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पीडितको राजविराजस्थित ....

Post Update :January 30, 2019,  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीमा खडग नपा–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध माघ १४ गते उजुरी दर्ता गरिएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी बालिकालाई मोटरसाइकलमा माघ १२ गते लगेका आरोपितले मन्दिर घुमेपछि आफ्नो साथीको खडग नपा–७ कल्याणपुरस्थित घर लगेर बलात्कार गरेको आरोपमा सनाबुललाई गिरफ्तार गरी कारवाही था....

Post Update :January 29, 2019,  






Top