मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला
३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५०…
द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता
सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए । भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानुनले गम्भीर अपराध भनेर परिभाषा गरेका जुनसुकै प्रकारका घटनाहरूमा मुद्दा चल्ने बताएका हुन् । वर्तमान अवस्थामा तत्कालीन द्वन्द्वरत पक्ष र सरकारपक्ष अहिले सरकारमा भएको कारण धेरैलाई…
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ । पीडित बालिकालाई भदौ १६ गते आरोपितले बलात्कार गरेको आरोपमा भदौ १८ गते इलाका प्रहरी कार्यालय होलेरीमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई भदौ…
मानव बेचविखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड
गुल्मी जिल्लामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले मानव बेचविखन तथा ओसार पसार गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । महिला तथा बालबालिका कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा सृजनशील सामुदायिक विकास केन्द्र, मानव अधिकारका लागि एकल महिला समूह, महिला मानव अधिकार सङ्गठन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा गाविसबाट भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई सोही दिन गरेको खबरका आधारमा आरोपितलाई गिरफ्तार गरिएको खबर गरेको थियो…
ठाउँ अभावमा जिल्ला कारागारका कैदीबन्दी त्रिपालमुनी बस्न बाध्य
जिल्ला कारागार घोराहीमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्ने ठाउँको अभाव भएको छ । बस्ने र सुत्ने ठाउँको अभाव भएपछि कैदीबन्दीलाई त्रिपालमुनि बसाल्नुपर्ने बाध्यता भएको निमित्त जेलर निमानन्द रिजालले जानकारी दिए । कारागारमा ५० जना बस्ने क्षमता रहेकोमा हाल १ सय ७६ जना कैदीबन्दी बस्दै आएका छन् । 'कारागारमा कैदीबन्दी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा भदौ १८ गते उजुरी दिएका थिए । आरोपित बालकलाई आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम घिमिरेले…
बलात्कार घटनाका दोषी पाँच वर्षपछि गिरफ्तार
१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०६८ असार १८ गते बलात्कार गरी फरार भएका विकलाई दाङ जिल्ला अदालतले ०६९ जेठ १४ गते घटनामा दोषी ठहर गर्दै आठ वर्ष कैद र…
बेचविखनका लागि किर्गिस्तानतर्फलाँदै गरेको अवस्थामा चार जनाको उद्दार
मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी एक र रुपन्देहीका तीन जना युवतीको भदौ १९ गते कृष्णनगरबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । विभिन्न बाहानामा भारत तथा अन्य देशहरूमा वैदैशिक रोजगारीको नाममा दलालहरूले पछिल्लो पटक कृष्णनगर नाका…
पुनरावेदन अदालतद्वारा ध्वनि प्रदुषण नियन्त्रण गर्न निर्देशनात्मक आदेश
पुनरावेदन अदालत नेपालगञ्जले ध्वनी प्रदूषणसम्बन्धी निषेधाज्ञा परमादेश मुद्दामा ध्वनि प्रदूषणको नियन्त्रणको कार्यलाई परिणमामूखि र प्रभावकारी बनाउन विपक्षीहरू नेपालगञ्ज नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयका नाममा भदौ १६ गते निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका प्रतिनिधि विनोद पाण्डेद्वारा संयुक्त…