द्वन्द्व व्यवस्थापन कार्यदलको काम सुरू

सशस्त्र द्वन्द्वमा पीडित भई राहत पाउनबाट वञ्चित बनेकाहरूको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन गठित कार्यदलले चैत ७ गतेदेखि रूकुमबाट काम सुरू गरेको जनाएको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एव्म परीक्षणसम्बन्धी गठित पाँचौ कार्यदलको प्रतिवेदनलाई पूर्णता दिन गठन भएको पाँच सदस्यीय कार्यदलको टोली रूकुम…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

March 20, 2017  
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै…

March 19, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बेलहिया नाकाबाट चैत ५ गते उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई बेचबिखन गरेको आरोपमा काठमाडौँ-दिल्ली गाडी चलाउने चालक र सहचालक एकै घरका दाजुभाइ सर्लाही धुकौली-८ का…

March 19, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सौ.फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पछि…

March 19, 2017  
वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस गर्न स्थानीय प्रशासन तथा स्थानीय शान्ति समितिलाई आग्रह गरेको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षण गर्न बनेको कार्यदल ०७३ का संयोजक रामचन्द्र…

March 19, 2017  
प्रहरीको लाठी प्रहारबाट घाइते भएका जमीलको उपचारको क्रममा मृत्यु

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा घाइते भएका सोनपुर गाविस-८का ७२ वर्षीय जमील भाटको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा चैत ५ गते मृत्यु भएको छ । सोनपुर गाविस-३ स्थित नेपालगञ्ज गुलरिया सडक खण्डमा चैत १ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा भाटसहित १३ जना घाइते भएका थिए…

March 19, 2017  
हत्या गरिएको अस्थामा महिलाको शव फेला

सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा चैत ४ गते फेला परेको छ । शरीरमा विभिन्न खालका चोटहरू रहेको र स्याउलाले पुरेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रेलले जानकारी दिए । उनको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-३ का २१ वर्षीय लोकबहादुर विकलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला…

मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता

३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको…

March 15, 2017