द्वन्द्वपीडितहरूले भने-'हामीलाई आत्मसम्मान देऊ !'

दाङका द्वन्द्वपीडितहरूले राज्यलाई आत्मसम्मानको वातावरण बनाइदिन माग गरेका छन् । शहीद दिवस तथा शान्ति सम्झौताको १० वर्षपुगेको अवसरमा स्थानीय शान्ति समिति दाङले माघ १६ गते घोराही नगरपालिका-३ बर्गद्दीमा आयोजना गरेको द्वन्द्वपीडित परिवारसँगको भेटघाटमा उनीहरूले आत्मसम्मानको वातावरण निर्माणकालागि राज्यलाई आग्रह गरेका हुन् । प्रमुख जिल्ला अधिकार, नगरपालिकाका कार्यकारी अधिकृत, जिविसका प्रतिनिधी,…

January 30, 2017  
भारतहुँदै कुवेत लैजान लागेका तीन महिलाको प्रहरीद्धारा उद्धार

भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा माघ १४ गते तीन जना महिलाको प्रहरीले उद्धार गरेको छ । तीन जना महिलालाई भारतको दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङले मोटो रकम दिने आश्वासनका साथ म्याग्दी घर बताउने धनबिर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेण्टका रूपमा सिमा पार गराउने खैरिचनदनपुर-४ का रतन बिक…

January 29, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २५ वर्षीया शान्ता महोत्राले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दर्ता गरेपछि प्रहरीले पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका अर्सइ सत्यनारायण यादवले बताए । पीडित शान्ताले आफू घरमा…

January 27, 2017  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते मुद्दा दर्ता भएको छ । पीडित महिलाले आरोपित विरुद्ध ०७३ माघ १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बलात्कार प्रयास मुद्दा दर्ता गराएकी छिन् । पीडित महिलाको माघ १३ गते नै…

January 26, 2017  
शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।…

January 25, 2017  
बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ । वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्‍याई विक्री गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले आफूलाई विक्री गरी…

इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए

गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् । इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख…

January 24, 2017  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग ठहर गर्दै गोल्टाकुरी-६ का ३७ वर्षीय देविराम विकलाई दाङ जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ११ गते विकलाई कसुरदार ठहर गर्दै १० वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला भएको…

January 24, 2017  
गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना !

पहिलो चरणमा हरेक किसिमका सिफारिस वा न्यायका लागि गाउँ विकास समितिमा जानुपर्छ । गाविसबाट लिन सक्ने सेवा गाविसबाटै लिन्छ र जिल्लाबाट लिनुपर्ने सेवाका लागि गाविसको सिफारिसपत्र लिएर जिल्लामा पुग्छ । तर, यहाँका एक जना अपाङ्गता भएका व्यक्ति गाविस कार्यालय छेउबाटै अपाङ्गता परिचयपत्रका लागि याचना गरिरहेका छन् । चिदीपानी गाविसको वडा…

January 21, 2017  
आगो लगाएर पत्नीकाे हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार,…

January 20, 2017