घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् । आयोगले तर्जुमा गरेको…

February 5, 2017  
आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग

सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् । दुई वर्षअघि गठित ती आयोगको समयावधि माघ २७ गते सकिनै लागेको भन्दै आफूहरूको उजुरीमाथि छानबिन नै नभई आयोग विघटन हुन नहुने भन्दै समयावधि थप गर्न…

February 4, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार  गरेको छ । भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह…

February 3, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रन्यौरामा माघ १९ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

February 2, 2017  
पत्नी हत्याका आरोपित गिरफ्तार

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ । आरोपितले माघ ६ गते राति घरयासी विवादमा आगजनी गरिएकी पीडितको काठमाडौँको शिक्षण अस्पतालमा उपचारको क्रममा माघ १८ गते निधन भएको…

February 1, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ १९ गते शारदा नपा-१५ सल्यानका २३ वर्षीय रमेश रावललाई गिरफ्तार गरेको छ । 'बिहे गर्छु भनी' ललाई फकाई तुलसीपुर ल्याएर एक होटेलमा माघ १८ गते बलात्कार गरी बिहान बालिकालाई कोठामै थुनेर भाग्ने क्रममा प्रहरीले रावललाई तुलसीपुर नपा-१८ बाट…

February 1, 2017  
बेचबिखन घटनाका पीडित तीन महिलाको उद्धार र आरोपित गिरफ्तार

राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले रूपन्देही जिल्लास्थित बेलहिया नाकाबाट माघ १८ गते तीन महिलाको उद्धार र पाँचथर जिल्ला फत्तिम गाविस-९ की ३७ वर्षीया राजकुमारी चोम्जोङलाई गिरफ्तार गरेको छ । भारतको बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत लैजाँदै गर्दा रौतहट जिल्लाकी ३१…

February 1, 2017  
आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीको गुनासो

रोल्पा जिल्लामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्ज र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको आयोजनामा माघ १७ गते लिवाङमा आयोजित 'सङ्क्रमणकालीन न्याय प्रक्रिया र सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो…

January 31, 2017  
अन्तरजातीय प्रेमसम्बन्धका कारण गाउँ निकालामा परेको जोडी पुनःस्थापित

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेलाई माघ १५ गते एक भव्य समारोहकाबिच पुनःस्थापित गरिएको छ । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला…

January 30, 2017  
मानव अधिकार आयोगद्वारा रोल्पामा द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अगाडि बढाएको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट मानव अधिकार अधिकृत टङ्क खनालको नेतृत्वमा आएको टोलीले जिल्लाको कोटगाउँ, जङ्कोट, गैरिगाउँ, लिवाङ, गजुल, खुमेललगायतका गाविसमा पुगेर पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट गरी घटनाको अनुसन्धान थालेको हो । द्वन्द्वकालीन समयमा बलपूर्वक बेपत्ता,…

January 30, 2017