आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति…

December 1, 2016  
प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलसहित पाल्पामा क्रियाशील मानव अधिकारकर्मीहरूसँग मङ्सिर १६ गते तानसेनमा गरिएको छलफलका क्रममा वाग्लेले बन्द हड्तालको समयमा सार्वजनिक सवारी कम चल्ने…

December 1, 2016  
अधिकारमैत्री सेवा प्रदान गर्न आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले अधिकारमैत्री सेवा प्रदान गर्न दाङका सरकारी कार्यालयलाई सुझाव दिएको छ । घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने नाराका साथ जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा प्रमुखहरूलाई मङ्सिर १४ गते घोराहीमा अभिमुखीकरण गर्दै आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले नागरिक सेवालाई मानव…

November 30, 2016  
कथित बोक्सीको आरोपबाट पीडित महिलालाई सम्मान

लैङ्गिक हिंसाविरूद्ध निरन्तर आवाज उठाएको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस-१ चिलहरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले मङ्सिर १३ गते एक कार्यक्रमका माझ सम्मान गरेका छन् । चौधरीको घर पुगेर अधिकारकर्मीहरूले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सोही ठाउँका ३१ वर्षीय हरि चौधरीले ०७३ वैशाख ८ गते दिव्यालाई…

November 29, 2016  
पत्नी हत्याका आरोपित गिरफ्तार

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु पुलामी मगरको हत्या गरेको आरोपमा २७ वर्षीय पति दिपेन्द्र बस्याललाई प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । बिनुको हत्यापछि दिपेन्द्र स्थानीय अर्की युवती लिएर भारततर्फलुकेर बसेका थिए । आरोपित दिपेन्द्रलाई भारतीय प्रहरीसँगको सहकार्यमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले जानकारी…

November 28, 2016  
दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार

सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको…

November 28, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाविस-९ का २० वर्षीय धनबहादुर घर्तीलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि घर्तीलाई बिजौरी गाविस-५ हेमन्तपुर गाउँबाट गिरफ्तार गरिएको इलाका…

November 28, 2016  
इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू

इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयमा खबरदारी गरेपछि गाविसले मङ्सिर ११ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । जिल्ला विकास समतिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्वीकृति दिएको ३५…

November 28, 2016  
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मङ्सिर १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा छापहिले गाविस-१ का २० वर्षीया सरा ज्ञवालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति कुमार गिरीलाई सोही दिन गिरफ्तार गरेको छ । पीडित महिलालाई उनका पतिले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा पीडित…

November 27, 2016  
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा तीन जना घाइते

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु थापा पुलामीको हत्यामा संलग्नलाई गिरफ्तार गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दुईजना प्रदर्शनकारी र एक जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी अमर बहादुर ठाडा र मनकुमारी राना रहेका छन् । त्यस्तै प्रहरी जवान…

November 27, 2016