बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले…
माओवादी नेता बोल्दाबोल्दै ढुङ्गा प्रहार, कार्यक्रममा उर्जामन्त्रीले सम्वोधन गर्न पाएनन्
एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी बोलिरहेको बेला स्टेजमा ढु्ङ्गामुढा प्रहार गरे । पुस २८ गतेबाट सुरू भएको अर्घाखाँची महोत्सव मेलाको उद्घाटन कार्यक्रममा आचार्य बोलिरहेको बेला…
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले सिद्वेश्वर–४ का ३१ वर्षीय नरबहादुर कुमाललाई बलात्कार प्रयास गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको पुस २७ गतेको इजलाशले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार सुवर्ण खनालले बताए । पीडित महिलालाई…
प्रदेशमै मुकाम स्थापना गरी मुद्दाको छानबिन गर्छौः सुवेदी
सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले प्रदेशस्तरमै मुकाम स्थापना गरी द्वन्द्वकालीन मुद्दाको छानबिन गर्ने बताएका छन् । पाँच नम्बर प्रदेशस्तरीय मुकाम स्थापनाको तयारीका लागि दाङ आएका आयोग सदस्य सुवेदीले पुस २७ गते द्वन्द्वपीडित, राजनीतिक दल, नागरिक समाज र सरकारी अधिकृतहरूसँग छुट्टाछुट्टै छलफल गर्दै मुकाम स्थापना गरी तत्काल द्वन्द्वकालीन मुद्दाको…
संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आह्वान गरिएको बन्दले जनजीवन प्रभावित
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैबाट बजार तथा कलकारखाना ठप्प पारेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीका सवारीका साधन समेत सञ्चालन गरिएनन् । सेवाग्राहीको उपस्थिति नभएपछि सरकारी कार्यालयहरू सुनसान बनेका थिए…
नेतृत्व विकास तालिम सम्पन्न
मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । स्थानीयस्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्य र सहजकर्ता तथा निगरानी समूहका पदाधिकारीलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा जानकार…
शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते
नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन् । लेख्न नजानेको आरोपमा क्लीप बोर्डले प्रहार गर्दा बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको अभिभावक महेश सिंहले बताए…
पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी
कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या गरेर फरार भएको आशङ्का गरिएको छ । पीडित महिलाको पेट दुखेको भन्दै बिहान औषधि लिन भनेर २४ वर्षीय पति रामसेवक पासी गएपछि नपर्किएकाले पत्नीको हत्या गरेर फरार भएको हुन सक्ने…
'ड्रपआउट' रोक्न मुक्तकमैयाका बालबालिकालाई साइकल उपहार
नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न दाङमा मुक्त कमैयाका बालबालिकालाई पुस २२ गते साइकल उपहार दिइएको छ । देउखुरीको गढवा, गङ्गापरस्पुर, गोवरडिहा, लालमटिया र सिसहनीयाका मुक्त कमैयाका २७ जना बालबालिकालाई साइकल वितरण गरिएको हो । घर नजिक विद्यालय नहुँदा हिँडेर जानुपर्ने र विद्यालय ढिलो जाने अवस्थाले विद्यार्थीहरूले विद्यालय नै छोड्ने…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया बाटुली कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुस २२ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले 'बोक्सी'को आरोप लगाउँदै घरमा बसिरहेको अवस्थामा पुस २२ गते…