कुटपिट गरेको आरोपमा पति विरूद्ध उजुरी
रोल्पा नपा–६ कोटगाउँकी २१ वर्षीया बसन्ती परियारलाई पटक–पटक कुटपिट गरेको भन्दै २२ वर्षीय पति रामकुमार परियारविरूद्ध असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । आरोपित परियार विगत एक वर्षदेखि घरमा नआउने, आएपनि घरबाट निस्कन दबाब दिने, आफू र चार वर्षीय छोराको पालन पोषणमा बेवास्ता गर्नुका साथै कुटपिट…
अज्ञात पक्षबाट वडा कार्यालयमा बम विष्फोट र आगजनी
सुनिलस्मृति गाउँपालिका–७ को वडा कार्यालयमा भदौ २६ गते अज्ञात पक्षले बम विष्फोट र आगजनी गरेको प्रहरीले जनाएको छ । बम विष्फोट र आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा रहेका दुई ओटा सोफा, एउटा प्लाष्टिकको कुर्सी र कार्पेटमा क्षति भएको वडाध्यक्ष मानसिंह पुनमगरले बताए । कार्यालयको झ्याल फुटाएर विष्फोट तथा पेट्रोल छर्केर आगजनी गराइएको…
वडा कार्यालयमा विष्फोट र आगजनी
परिवर्तन गाउँपालिका-२ को वडा कार्यालयमा भदौ ८ गते राति अज्ञात पक्षबाट बम विष्फोट गराउनुको साथै आगजनी गरिएको प्रहरीले जनाएको छ । राङ्सीस्थित वडा कार्यालयमा राति १२ बजे बाल्टिन बम विस्फोट भएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताए । बम विष्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । 'आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति…
सोह्र वर्षअघि विस्थापित भएका द्वन्द्व पीडित अझै पुनर्स्थापित हुन सकेनन्
दश वर्ष सशस्त्र द्वन्द्वको क्रमका विस्थापित भएका रोल्पा नगरपालिका-१० धबाङका ७० वर्षीय कर्णसिंह पुनमगर अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् । २०५९ साल असोजमा काइँलो छोराको स्थानीय युवासँग झगडा भएपछि छिमेकीले 'तत्कालीन माओवादी लगाएर' आफ्नो परिवारलाई घरबाट विस्थापित गराएको बताउने पुनमगरको परिवार १६ वर्षदेखि सदरमुकाम लिबाङमा डेरामा बस्दै आएको छ ।…
प्रतिबन्धित नेकपाका राप्ती ब्युरो सदस्य पुनः गिरफ्तार
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो सदस्य गङ्गादेव गाउँपालिका–३ का ४८ वर्षीय लालबहादुर वली ‘विश्व’लाई प्रहरीले साउन २७ गते पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत प्युठानबाट रिहा भएका ओलीलाई अदालत परिसरबाट प्रहरीले पुनः गिरफ्तार गरी अर्घाखाँची पुर्याएको वलीका परिवारले जनाएका छन्…
निःशुल्क भनिएको मावि तहमा शुल्क तिर्दै विद्यार्थी
सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भएता पनि विद्यार्थीहरूले शुल्क तिर्नु परेको गुनासो गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन–२०७५ को दफा २० मा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने कुरा उल्लेख गरिएको छ । माध्यमिक तह अन्तर्गत कक्षा ११ को भर्ना हुन ५ हजार रुपियाँ शुल्क तिर्नु…
वडामा स्वास्थ्य चौकी नहुँदा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित
जिल्लाभरका ७२ ओटा वडा मध्ये २२ ओटा वडामा स्वास्थ्य चौकी नहुँदा वडाबासीहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य चौकी नहुँदा २२ ओटा वडाका नागरिकहरू आधारभूत स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँडेर अर्को ठाँउमा सेवा लिन बाध्य छन् । सङ्घीयता कार्यान्वयनमा आएपछि घर–आँगनमै शिक्षा, स्वास्थ्यलगायतका सेवा उपलब्ध हुने भनिए…
कारागारमा खानेपानीको समस्या हुँदा कैदीबन्दी मर्कामा
जिल्ला कारागार रोल्पामा खानेपानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । साँझ बिहान थोरै समय मात्र पानी आउने भएकाले बाल्टीमा जम्मा गरेको पानीले एक दिन एक रात पुर्याउनुपर्ने हुन्छ । पानीको अभावले खाना पकाउन, नुहाउन, कपडा धुन र शौचालय जान समस्या रहेको थुनुवा खैराम महराले बताए । ‘एक जनाले एक…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १२ गते लिबाङमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि माधव ओलीले ६ महिनाको अवधिमा सङ्कलन गरेका नागरिक तथा राजनीतिक अधिकारसँगसम्बन्धित ६ ओटा, राज्य पक्षबाट धम्की एउटा, महिला अधिकारको एउटा, बाल अधिकार…
विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ५ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले गिरफ्तार गरेको जनाएको छ । गङ्गादेब गाउँपालिका इञ्चार्ज सन्दिप वली, माडी गाउँपालिका इञ्चार्ज श्याम बुढा, स्थानीय नेताहरू देवबहादुर ओली ‘दिनेश’ र गणेश मगरलाई माडी गाउँपालिका–२ फेदिखोलाको एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको…