बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २८ गते लुग्री गाउँपालिका –६ का १६ वर्षीय बालकलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतले १० वर्ष कैदसँगै ५० हजार रूपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनाएको छ । बालिकालाई ०७६ वैशाख २ गते बलात्कार…
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
जिल्ला अदालतले रिहा गर्ने आदेश दिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुग्री गाउँपालिका –.१ का ३४ वर्षीय जीतबहादुर बिष्ट र सुनिल स्मृति गाउँपालिका – ५ का ३७ वर्षीय खैराम महरालाई प्रहरीले माघ २८ गते पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालतले माघ २८ गते २० हजार…
कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्नुपर्ने बाध्यता
रुन्टिगढी गाउँपालिका –१ रिठाबोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पानी चुहिने भएपछि विद्यार्थीहरू कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्न बाध्य भएका छन् । पुरानो भवन मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नु बाहेक अन्य बिकल्प छैन । पटक पटक स्थानीय…
प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन, उपचारकालागि जिल्ला बाहिर जानु पर्ने बाध्यता
रूण्टीगढी गाउँपालिकास्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र ०७६ असोजदेखि डाक्टर विहीन हुदाँ बिरामीहरू उपचारकालागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । कार्यरत डाक्टर आकाश बेलवासे समायोजनमा गए पछि स्वास्थ्य केन्द्र डाक्टर विहीन भएको हो । डाक्टर नभएपछि पहिले हुँदै आएको पोष्टमार्टम र भिडियो एक्सरे सेवा बन्द भएको छ भने बिरामीलाई जिल्ला…
प्रदेश सरकारबाट बजेट नआउँदा सुत्केरीहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित
चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दासमेत प्रदेश सरकारले जिल्ला अस्पतालमा सुरक्षित मातृत्वको बजेट नपठाउँदा सुत्केरी हुन आउने महिलाहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित भएका छन् । रोल्पा नपा–१० धबाङकी २७ वर्षीया धना बिकले गत भदौमा सुत्केरी भएकोमा हालसम्म पनि प्रोत्साहन भत्ता नपाएको गुनासो गरिन् । ‘अघिल्लो वर्ष सुत्केरी भएकाहरूले भत्ता…
एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको प्रयोग गर्नुपर्ने बाध्यता
जिल्लाका चारओटा स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । गत महिना स्थानीय नेर्पा स्वाथ्य चौकीले रिफर गरेपछि त्रिवेणी गाउँपालिका–५ का तेजविक्रम डाँगीले आमाको उपचार गर्न तत्काल जिल्ला बाहिर लैजानुपर्ने भएपछि तुलसीपुरसम्म निजी गाडीलाई १२ हजार रूपिँया भाडा तिर्नुपर्यो ।…
चिकित्सक नहुँदा बिरामी मर्कामा
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गत भदौदेखि डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । साउन अन्तिमसम्म एक जना डाक्टरले सेवा दिइरहेको दक्षिण रोल्पाकै ठूलो स्वास्थ्य संस्था डाक्टरविहीन हुँदा बिरामीहरू महङ्गो खर्च गरेर दाङ तथा अन्य ठाउँमा जान बाध्य छन् । शवको पोष्टमार्टमका लागि पनि सदरमुकाम वा दाङ पुर्याउनुपर्ने बाध्यता छ ।…
रोल्पाका दुवै मतदान केन्द्र अति संवेदनशील
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका रोल्पाका दुई ओटै मतदान केन्द्र अति संवेदनशील रहेका छन् । थबाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनका लागि तोकिएको जनचच्छु प्राथमिक विद्यालयमा रहेका दुवै मतदान केन्द्र अति संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बताए । ‘सुरक्षाका हिसाबले अति…
कर्मचारी अभावमा गाउँपालिकाको काम प्रभावित
गत वैशाखदेखि कर्मचारी अभाव हुँदा जिल्लाका स्थानीय तहको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । शिक्षा शाखा प्रमुखको जिम्मेवारी आइटी प्राविधिकलाई दिइएपछि ५ महिनादेखि शिक्षकहरूले तलब पाएका छैनन् । एक नगरपालिका र नौ ओटा गाउँपालिका रहेको रोल्पामा अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव छ । यसअघि विद्यालय स्रोत व्यक्तिले हेर्दै आएको…
दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा
रोल्पा नपा–१० धबाङकी कमला नेपाली पाठेघरसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल रेउघा पुगिन् । तर विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा उपचार हुन नसकेपछि उनले बुटवल गएर उपचार गराइन् । नेपाली जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् । सानो समस्याका लागि महङ्गो रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता…