पालिका स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुबिनी प्रदेश कार्यालयको आयोजनामा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाहीको दायरा सम्म पु¥याउने उदेश्यले चैत ४ गते बैजनाथ गाउँपालिकामा लक्ष्मी सुनारको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो…
मौलिक हक प्राप्तिका लागि धर्ना, स्थानीय तहले सुनुवाइ नगरेको आरोप
कोहलपुर नगरपालिका–११ शान्तिनगर वासीहरूले बसाई सराई दर्ता गर्नुपर्ने र अव्यवस्थित भूमिहीन नागरिकलाई स्थायी गराउन माग गर्दै कोहलपुर नगरपालिका कार्यालय अगाडि ०७७ फागुन ९ गते देखि धर्ना दिँदै आएका छन् । संविधानले मौलिक हकमा व्यवस्था गरेका अधिकार प्राप्तिका लागि १८ दिनसम्म धर्ना बस्दा समेत स्थानीय तहले सुनुवाइ नगरेको आरोप लगाएका छन्…
महिला दिवसको सन्दर्भमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा मानव अधिकार सहायता कक्ष, सिसु र डिसिएको सहयोगमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ नेपालगञ्जमा फागुन २३ गते हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमनपाकी उपमेयर…
अपाङ्गता भएकै कारण महिलाहरू थप हिंसा सहन बाध्य भएको गुनासो
अपाङ्गता भएकै कारण महिलाहरूले घर परिवारबाट हिंसा सहनु परेको पीडितहरूले गुनासो गरेका छन् । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश, डिसिए, डेक नेपाल , मानव अधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा फागुन २३ गते आयोजित अपाङ्गता भएका महिलाहरूको मानव अधिकार…
प्रदेश र स्थानीय निकायसँग साझेदारी गर्न आवस्यक
इन्सेकले प्रदेश र स्थानीय तहका निकायसँग साझेदारीमा कार्यक्रम गर्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सुझाउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको अनुगमनका क्रममा फागुन ११ गते कर्मचारीहरूसँगको बैठकमा कार्यकारी निर्देशक गौतमले उक्त सुझाव दिनु भएको हो । उहाँले इन्सेकले आफ्नो उपस्थितीलाई स्थानीय तहमा देखाउनु पर्ने बताउनु भयो । छलफलका…
मानव अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन
इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरम आइएचआरसीमा आवद्ध मानव अधिकारकर्मीहरूले फागुन १० गते बाँके कारागारको अनुगमन गरेका छन् । अनुगमन टोलीले कैदी / बन्दीहरुलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, व्यवस्थापन , खानाको गुणस्तर, कानुन व्यवशायीसँग थुनुवाको पहुँचको अवस्था, मुद्दामा स्वतन्त्र रुपमा बयान गर्न पाए नपाएको लगायतका बिषयमा जानकारी लिएका थिए । अनुगमनका…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम बौद्धिकताको गलत प्रयोगले गोपनियता, सुरक्षा, लगायतका विषय जोखिमपूर्ण बन्दै गएको औंल्याइएका छन् । कार्यक्रममा आसिएनएलका नेपाल प्रतिनिधि उत्तम उप्रेतीले समय…
लुम्बिनी प्रदेशमा सन् २०२० मा १ हजार ३ सय ८२ जना पीडित
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले…
आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)
मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशमा परेको छ । निर्वाचनका बेला दलहरूले घोषणपत्रमा विद्यालयलाई राजनीतिक हस्तक्षेप…